| | | |

सीमा क्षेत्रमा गरिने पूर्वाधार निर्माणको द्धिविधा हटाउँदै सिदिङ्वा र सिरिजङ्घा

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,१८ बैशाख । दुई जिल्ला वा पालिकाका सीमा क्षेत्रमा रहने पूर्वाधार कसले निर्माण गर्ने भन्ने द्धिविधा हटाउँदै ताप्लेजुङको सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकाले सीमा क्षेत्र दुबै पालिकाको बराबर दायित्व रहने गरी सहकार्य गर्ने सहमति गरेका छन् । यो संगै सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकाको सीमाना तावाखोलाको बाँकेटारमा मोटरेवल पुल निर्माण हुने भएको छ भने त्यहाँ पुग्ने मोटरबाटो समेत निर्माण हुने छ । सीमा क्षेत्र भएका कारण तावाखोलाको बाँकेटारमा पुल निर्माण नहुँदा बर्षौदेखि यातायातमा समस्या सृजना हुँदै आएको थियो । दुबै गाउँपालिकाका प्रमुख पदाधिकारी तथा प्रशासनिक प्रमुखको उपस्थितिमा बसेको संयुक्त बैठकले सीमा क्षेत्रमा हुने भौतिक पूर्वाधारको दायित्व दुबै पालिकाको बराबर हुने सहमति पत्र निर्माण गरेको छ । सहमति अनुसार अब तावाखोला बाँकेटारमा सिरिजङ्घा गाउँपालिकाले मोटरेवल पुल निर्माण गर्ने भएको छ ।

उक्त बाँकेटार तावाखोलाको प्रस्तावित पुल सम्म पुग्ने सिदिङ्वा गाउँपालिका क्षेत्रको कावेली खोला(हप्पु)पुल देखि रिजनडाँडा हुँदै बाँकेटार सम्म जाने सडक र अन्य सडक सिदिङ्वा गाउँपालिकाले निर्माण गर्ने द्धिपक्षिय सहमति पत्रमा हस्ताक्षर भएको सिरिजङ्घा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिनुभयो ।

सिदिङ्वा गाउँपालिका अध्यक्ष नरबहादुर कडरीयाले यो सहमतिले सीमा क्षेत्रमा निर्माण हुने पूर्वाधार सम्वन्धी द्धिविधा हटाएको जानकारी दिनुभयो । तावाखोला बाँकेटारमा मोटरेवल पुल निर्माणले सिदिङ्वा र सिरिजङ्घा दुबै पालिका भित्रका जनतालाइ फाइदा पुग्ने बैठकमा सहभागी जिल्ला समन्वय समितिका योजना अधिकृत दीपेन्द्र अधिकारी खत्रीले जानकारी दिनुभयो । सिरिजङ्घा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार उक्त पुल निर्माण कार्य सम्पन्न भएमा विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा हिमाल भ्रमणमा आउने–जाने स्वदेशी तथा बिदेशी पर्यटकलाइ समेत सहज हुने सिदिङ्वा गाउँपालिका उपाध्यक्ष जीवनकुमार ताम्लिङले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts