ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि सरकारले दिनेभयो ७५ लाख रुपैंया,अर्थले दियो सहमति

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ७ । नेपाल सरकार अर्थ मन्त्रालयले ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि ७५ लाख रुपैंया निकास दिने गरी सहमति जनाएको छ । ताप्लेजुङ सहित १३ वटा अस्पतालमा अक्सिजन प्लाट जडानका खरिद प्रकृया अघि बढाउन अर्थ मन्त्रालयले सहमति जनाएको छ ।

यसको अर्थ अब ताप्लेजुङ सहित १३ वटा अस्पतालले अक्सिजन प्लान्ट जडानको प्रकृया अघि बढाउन बाटो खुलेको छ ।

गत ४ जेठमा ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि बजेटको व्यवस्था गरिदिन नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुरोध पत्र पठाउनु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts