ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा निर्माणाधिन बेलिब्रिजमा कार्यरत एक मजदुरको लडेर मृत्यु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ ६ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ५ तापेथोकको रानीपुल क्षेत्रमा निर्माणाधिन बेलिब्रिज निर्माणमा खटिएका १ मजदुरको चिप्लिएर लड्दा मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको सिमरा बस्ने बर्ष २६ का श्यामसुन्दर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)बालनरसिंह राणाले जानकारी दिनुभयो । घटनास्थललाइ लेलेपमा रहेको प्रहरी चौकीबाट खटिएको जनशक्तिले सुरक्षित गरिरहेको र जिल्ला प्रहरी कार्यालयबबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएको समेत राणाले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माणको क्रममा खटिएका चौधरी अचानक चिप्लिएर लडेको सोहि बेलिब्रिजका केहि सामान समेत संगै झरेर किचेपछि घटनास्थलमै मृत्यु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts