डढेलो नियन्त्रण र आगोबाट पाथीभरा मन्दिर जोगाउन हेलिकोप्टर मगाइयो,हेलिकोप्टरबाट पानी फ्याक्ने तयारी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,१३ पुस । जंगलको डढेलो अनियन्त्रित हुँदा बढेको आगोले प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिर जोखिममा परेपछि डढेलो नियन्त्रणको अन्तिम प्रयासका लागि हेलिकोप्टर मगाइएको छ । सिम्रिक एअरको हेलिकोटरले माथिबाट पानी फालेर मन्दिर जोगाउने र डढेलो नियन्त्रणको प्रयास गर्ने गरी हेलिकोप्टर मगाउने निर्णय भएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्र्वद्धन समितिका सदस्य राजेन मादेन(राजा)ले जानकारी दिनुभयो । लुक्लामा रहेको हेलिकोप्टर पाथीभरा क्षेत्रतर्फ उडी सकेको जानकारी आफुले पाएको मादेनले बताउनुभयो । हेलिकोप्टरले माथिबाट फ्याक्ने पानीको प्रवन्ध भइरहेको समेत उहाँले बताउनुभयो । हेलिकोप्टर पाथीभरा क्षेत्रका सरोकार निकाय सबैको पहलमा मगाइएको बताइएको छ । पाथीभरा क्षेत्रमा पानीको निकै संकट छ । अहिले मन्दिर नजिक रहेको सबैभन्दा पुरानो रुख जल्दै गरेको र मन्दिर जोगाउन मन्दिरमा टाँिगएका ध्वजापताका,डोरी लगायतका आगोले चाँडो टिप्ने सामग्री फाल्ने तयारी भइरहेको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका उपाध्यक्ष नारायण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार डढेलो मन्दिर भन्दा केहि तल रहेको फोहोर व्यवस्थापन गर्ने केन्द्रबाट मन्दिरतर्फ अघि बढेको थियो । अहिले पाथीभरा मन्दिरमा रहेका पुजारी र कर्मचारीमार्फत मन्दिर क्षेत्र जोगाउने प्रयत्न भइरहेको थापाले बताए । गत बिहीबारबाट फुङ्लिङ नगरपालिका वडा नं ११ को फावाखोला स्थित सिम्बु सामुदायिक वन क्षेत्रमा सुरु भएको डढेलो नियन्त्रण बाहिर गइ मन्दिर नजिकै पुगेको हो

अरुलाई पनि शेयर गरौ !

Similar Posts