|

मन्त्री भट्टराइको नजिकको सम्पर्कमा रहेका सबैलाइ होम क्वारेन्टिनमा बस्न प्रशासनको आग्रह(पत्र सहित)

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २५ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले बुधवार यता पर्यटनमन्त्री योगेशकुमार भट्टराइसंग नजिक रहेकाहरुलाइ कम्तिमा १५ दिन होम क्वारेन्टिनमा बस्न आग्रह गरेको छ । बुधवार ताप्लेजुङको ओलाङ्चुङगोला र संखुवासभाको किमाथाङ्काको कार्यक्रममा सहभागी हुनु भएका मन्त्री भट्टराइलाइ शनिवार कोरोना संक्रमण पुष्टी भएपछि त्यसयता भट्टराइसंग नजिकैको सम्पर्कमा पुगेका सबैलाइ होम क्वारेन्टिनमा बस्न प्रशासनले आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले आइतवार अपरान्ह एक बिज्ञप्ती जारी गर्दै ओलाङ्चुङगोलामा बोर्डर आउट पोष्ट(बिओपी)उद्घाटन कार्यक्रम र भेटघाटका क्रममा मन्त्री भट्टराइको नजिकको सम्पर्कमा पुगेका सबैलाइ कम्तिमा १५ दिन होम क्वारेन्टिनमा बस्न आग्रह गर्नु भएको छ । उहाँले यो अवधिमा कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएमा नजिकैको स्वास्थ्य स्वास्थ्यमा सम्पर्क गर्न आग्रह गर्नु भएको छ । बिज्ञप्तीमा मन्त्री भट्टराइसंगको भेटघाटको क्रममा सांसद,समन्वय प्रमुख,नगरप्रमुख,समन्वय उपप्रमुख,नगरउपप्रमुख,जिल्लास्थित जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु,उद्योग बाणिज्य संघ र सञ्चारकर्मीसंग समेत भेटघाट भएको स्मरण गर्दै भेटघाटका क्रममा नजिकैको सम्पर्कमा पुगेका सबैलाइ होम क्वारेन्टिनका लागि आग्रह गरिएको छ । बिज्ञप्तीमा कम्तिमा २ मिटरको भौतिक दुरी कायम राख्न,अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र आवश्यक काममा निस्कदा पनि मास्क र स्यानीटाइजर सहितका व्यक्तिगत स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्वन गर्न आग्रह गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts