|

पाथी आकृतिको स्तम्भ निर्माण

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ १४ । ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पस परिसरमा भरिएको पाथी आकृतिको स्तम्भ निर्माण गरिएको छ । क्याम्पसको स्तरवृद्धि गर्नमा सहयोग पु¥याउने दाताको नाम शिलालेखमा राखिएको र सोही शिलालेख राएिको पाथी आकृतिको स्तम्भ निर्माण गरिएको हो ।
मानविकी तथा शिक्षा सङ्काय विषयमा स्नातक तहसम्म पढाइ हुने क्याम्पसको स्तरवृद्धि गर्न अर्थात स्नातकोत्तर तह सञ्चालन गर्नका लागि तीन वर्षअघि ज्ञान महायज्ञ (पुराण) लगाइएको थियो । सो महायज्ञमा ५० हजार रुपियाँ भन्दामाथि आर्थिक सहयोग गर्ने ३४ जना दाताको शिलालेखमा नाम उल्लेख गरिएको क्याम्पस प्रमुख मोहनकुमार राईले जानकारी दिनुभयो ।
क्याम्पस प्रमुख राईका अनुसार शिलालेख राखिएको स्तम्भ कुल छ लाख १५ हजार रुपियाँको लागतमा निर्माण गरिएको हो । उक्त स्तम्भको प्रदेश सभा सदस्य प्रतापप्रकाश हाङ्गामले शुक्रबार अनावरण गर्नुभएको छ । शिलालेख राखिएको अनावरण गर्नुहुँदै हाङ्गामले क्याम्पसको स्तरवृद्धि गर्न सहयोग गर्ने दातालाई धन्यवाद दिनुभएको छ भने स्तम्भ निर्माणले क्याम्पसको सौन्दर्यता बढाएको पनि बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts