|

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

अरुलाई पनि शेयर गरौ !

९ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।यससँगै संक्रमितको कुल संख्या १० हजार नाघेको छ ।

थप एक जनाको मृत्यु

कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेख दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि उनलाई ४ असारमा अस्पतालमा भर्ना गरिएको थियो ।

मृतकले लामो समयदेखि क्षयरोगको उपचार गराइरहेका उनको अवस्था गम्भीर भएकाले आईसीयूमा राखेर उपचार गरिएको र मंगलबार मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts