‘विश्व बिद्यालय तह सम्मको पढाईलाई प्रविधिमैत्री बनाऊ’

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, असार ६ । कम्प्युटर एसोसिएशन नेपाल (क्यान) महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरले सरकारले आधारभूत कक्षादेखि विश्व बिद्यालय तहसम्मकै पढाइलाई पूर्णतयाः प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभएको छ । कुँवरले अहिलेको परिस्थतिलाई प्रविधिमैत्री संरचनाको प्रयोग र विकास गर्ने अवसरको रुपमा लिएर काम गर्न सरकारलाई सुझाउनुभएको छ ।
सदरमुकाम फुङलिङमा क्यान ताप्लेजुङले आयोजना गरेको आईसीटी सम्बन्धी ३ दिने अभिमुखीकरण कार्यक्रममा काठमाडौंबाट भर्चुअल सन्देश दिँदै उहाँले आधारभूत कक्षादेखि विश्व बिद्यालय तह बिद्यार्थीलाई र टोल–टोलमा प्रौढ तथा बयस्कलाई सूचना प्रविधिका बारेमा अभिमुखीकरण गर्नुपर्ने बताउनुभयो । क्यानको महत्व र यसको उपयोगिता बारेमा संघीय राजधानी काठमाडौं र प्रादेशिक केन्द्रहरुबाट समेत जानकारी गराइएको सो कार्यक्रममा क्यानका अगुवाहरुले सरकारले सूचना प्रविधि विज्ञहरुको बौद्धिकतालाई सबै तहमा बिस्तार गर्न जरुरी रहेको बताउनुभएको थियो ।
तीनै तहका सरकारले आ–आफ्नो क्षेत्रमा रहेका सूचना प्रविधिका जानकारहरुको बौद्धिकतालाई उपयोग गर्न सक्ने नीति ल्याउन आवश्यक रहेको क्यानका केन्द्रीय अध्यक्ष कुँवरको जोड थियो । कोभिड–१९ जस्तो अहिलेको बिषम परिस्थतिमा घरमै बसेर पनि सूचना प्रविधिको माध्यमबाट आफ्नो कार्यसिद्ध गर्न सकिने भएकोले सूचना र प्रविधिका उपयोगिताका बारेमा अब सरकारले नै धारणा बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो । क्यानका केन्द्रीय सचिव ठाकुर श्रेष्ठले विश्वमै जटिल परिस्थिति सृजना भएको यो समयमा सूचना र प्रविधिको उपयोगिता अझ बढी बढेर गएको भन्दै सूचना र प्रविधिबाट अलग रहने कुरा मानवीय जीवन भन्दा टाढाको बिषय भएको बताउनुभयो । क्यानका १ नम्वर प्रदेश अध्यक्ष भव तिमल्सिनाले सूचना र प्रविधिको सहि उपयोगले यसबाट बृहत लाभ सकिनेमा जोड दिनुभयो ।
क्यान ताप्लेजुङका अध्यक्ष बिष्णुकुमार लिम्बूका अनुसार पूर्णतया प्रविधिको उपयोग गरी बिभिन्न क्षेत्रमा ९० जनालाई आईसीटी सम्बन्धी ३ दिने अभिमुखीकरण गराइएको छ । साइबर अपराध र कानुनी व्यवस्था, आईसीटीको प्रयोग र प्रभावकारीता, वर्तमान अवस्थाले पारेको प्रभाव र आईसीटीको प्रयोग, इ–हेल्थ र डिजिटल पेमेन्ट लगायतका सन्दर्भलाई अभिमुखीकरणको विषयवस्तु बनाइएको छ ।
क्यान ताप्लेजुङका संस्थापक अध्यक्ष गणेशकुमार श्रेष्ठका अनुसार पहिलो दिन बिभिन्न तहका बिद्यार्थी र कार्यालयका सूचना अधिकारी, दोस्रो दिन राजनीतिक दल र दलका भातृसंस्थाका अगुवा, तेस्रो दिन सञ्चारकर्मी र जनप्रतिनिधिलाई आईसीटी सम्बन्धी अनुशिक्षण गराइने छ । अनुशिक्षणमा आइसीटीको प्रयोगमा भोग्नु परेका चुनौती, यसको प्रभावकारितामा सरोकारवालाको भूमिका र आईसीटी सम्बन्धमा स्थानीय सरकारका आगामी योजनाका बारेमा पनि छलफल भइरहेको क्यान १ नं प्रदेशका निवर्तनमा सदस्य राजकुमार गुरुङले जानकारी दिनुभयो ।
प्रदेश निर्वाचन क्षेत्र बिशेष कार्यक्रम अन्र्तगत प्रदेशसभा सदस्य होमकुमारी साँबाको योजना तथा फुङलिङ नगरपालिकाको समन्वयमा यस्तो कार्यक्रम सचालन गरिएको क्यानका जिल्ला सचिव अरुणकुमार श्रेष्ठले बताउनुभयो । जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनको प्रमुख आथित्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय अधिकारी उपेन्द्रबहादुर ढुङ्गाना र पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष समेत रहनुभएका उज्यालो पोष्ट दैनिकका प्रधान सम्पादक खगेन्द्र अधिकारीले प्रविधिको प्रयोग र यसको फाइदाबारे प्रष्ट्याउनुभएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts