७४१६ नमुना परीक्षण गर्दा ३३१ जनामा कोरोना पुष्टि

अरुलाई पनि शेयर गरौ !

काठमाडौं, असार ६ गते । पछिल्लो २४ घण्टामा ७ हजार ४१६ नमुना परीक्षण गर्दा ३३१ जनामा कोरोना भाइरस (कोभिड)१९० संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ८६०५ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १५७८ जना डिस्चार्ज भएका छन् । उनीहरु मध्ये १७६ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका हुन् ।
कहाँ कहाँ थपिए संक्रमित ः
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै डोटीमा ६१ जना संक्रमित थपिएका छन् । यस्तै पाल्पाका ३३ जना, नवलपुरका ३२, महोत्तरीका २४, तनहुँका २३, बाग्लुङका २०, बैतडी र गुल्मीका १८ जना, बाँकेका १४ र डडेलुधराका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाहीका ९ जना, मोरङ, प्युठान र धादिङका ८र८, भक्तपुर, रौतहट र बर्दियाका ७र७ जना, दाङ र बाराका ४र४ जना, रामेछापका ३, सुनसरी र कैलालीका २र२ जना, काठमाडौं झापा, कैलाली, नवलपरासी, रुपन्देही, स्याङ्जा र रुकुम पश्चिमका १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्मकै धेरै परीक्षण ः
मन्त्रालयकाअनुसार देशभरका २४ वटा प्रयोगशालामा कोरोना परीक्षणका लागि संकलन गरिएका स्वाबहरुको परीक्षण भइरहेकको छ । र, पछिल्लो २४ घण्टामा ७ हजार ४१६ नमुना परीक्षण भएको छ । यो अहिलेसम्मकै उच्च संख्या हो ।अहिलेसम्म जम्मा १ लाख ६९ हजार १६५ पीसीआर टेष्ट भएको छ । यस्तै २ लाख ५२ हजार ३०० आरडीटी भएको छ । साथै हाल देशभरका क्वारेन्टिनमा १ लाख २ हजार २४५ जना छन् ।
–अनलाइनखबरबाट

अरुलाई पनि शेयर गरौ !

Similar Posts