|

मिक्वाखोलामा अध्यक्ष कप भलिबल तथा फुटबल प्रतियोगिता सुरु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, चैत २ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा अध्यक्ष कप भलिबल तथा फुटबल प्रतियोगिता सुरु भएको छ । अन्तर वडास्तरीय अध्यक्ष कप पुरुष भलिबल तथा फुटबल प्रतियोगिता बिहीबार सुरु भएको हो ।
मिक्वाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र साँबा थलङमा सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङ्खिमले उद्घाटन गर्नुभएको छ । शनिबार अर्थात चैत ४ गते सम्पन्न हुने प्रतियोगितामा मिक्वाखोला गाउँपालिकाका ५ वटै वडाको सहभागिता रहेको छ ।
प्रत्येक वडाबाट भलिबल र फुटबलका एक–एकवटा टोली (टिम) को सहभागिता रहेको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो । थापाका अनुसार प्रतियोगिताको उद्घाटनमा फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझा, प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ लगायतको उपस्थिति रहेको थियो ।
यता अध्यक्ष कपको विजेताले भलिबलतर्फ ४० हजार र फुटबलतर्फ ५० हजार रुपियाँ राशीको नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै उपविजेताले भलिबल र फुटबलमा समान ३० हजार रुपियाँ नगद पुरस्कार पाउने पनि अध्यक्ष कार्कीका स्वकीय सचिव थापाले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts