नेपाल शिक्षक संघ ताप्लेजुङमा सर्वसम्मत रुपले छानियो नयाँ नेतृत्व

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,फागुन २८ । नेपाल शिक्षक ताप्लेजुङको ९ औं जिल्ला अधिबेशनले रामप्रसाद लाबुङ लिम्बूको नेतृत्वमा १७ सदस्यीय कार्य समिति सर्वसम्म्मत चयन गरेको छ । निर्वाचन आयुक्त उपेन्द्र निरौलाका अनुसार संघको महिला उपाध्यक्षमा रीता सेनेहाङ,उपाध्यक्षमा भक्तबहादुर लिम्बू सचिवमा चन्द्रमणि पौडेल,अर्थ सचिवमा बिजयकुमार थापा,सहसचिवमा अनिल बानियाँ,महिला सहसचिवमा एलिसा केदेम,महिला अर्थ सहसचिवमा देवीमाया थापा कार्की चयन हुनु भएको छ । सदस्यहरुमा समावेशी सहसचिवमा दिलेन्द्र गुरुङ र भीमकुमार लिम्बू मावो चयन हुनुभयो ।
अधिबेशनले उषाकिरण चोङ्वाङ,कल्पना श्रेष्ठ,बिमला गुरुङ,कूलराज पौडेल,बीरबहादुर(प्रविण)पालुङ्वा,यामकुमार थलङ र अञ्चलकुमार नाल्वोलाई कार्य समिति सदस्य चयन गरेको छ । अधिबेशनले ६–६ जना संघीय महाधिबेशन तथा ६ जना तथा प्रदेश अधिबेशन प्रतिनिधि पनि चयन गरेको छ । संघीय महाधिबेशन प्रतिनिधिहरुमा कविता सुब्बा,गंगादेवी गुरुङ,युवराज बस्नेत,शंकर श्रेष्ठ,हेमराज खतिवडा र ज्ञानबहादुर गुरुङ चयन हुनुभयो । यस्तै आरती पालुङ्वा,कल्पना गुरुङ,कुमार खवास,धनबहादुर थापा,भीमबहादुर कार्की र ज्ञानु घिमिरे प्रदेश अधिबेशन प्रतिनिधि चयन हुनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts