जिल्ला बिपद् व्यवस्थापन समितिद्धारा ताप्लेजुङका १ सय २२ परिवारलाई न्यानो कपडा बितरण

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,माघ १३ । जिल्ला बिपद् व्यवस्थापन समितिले ताप्लेजुङका अति बिपन्न परिवारका सदस्यलाई न्यानो सिरक(ब्याङकेट)बितरण गरेको छ । वडाले सिफारिस गरी पठाएका प्रत्येक वडाका दुईघर परिवारलाई गरी कूल १ सय २२ घरपरिवारलाई न्यानो सिरक बितरण गरिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो ।
ताप्लेजुङमा ६१ वडा रहेका छन् । ‘वडाबाट अति बिपन्न भनि न्यानो कपडा बितरणको सिफारिस भई आएका परिवारलाई बितरण गरिएको छ’जिल्ला प्रशासन कार्यालयका बिपद् व्यवस्थापन शाखाका नायव सुब्बा कुलमणि दाहालले भन्नुभयो । कार्यक्रममा जिल्ला बिपद् व्यवस्थापन समितिका सदस्य एवम् जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी)कैलाश राई,सशस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका (सशस्त्र डिएसपी)बिनोद थापा,प्रमुख अनुसन्धान अधिकृत रमेश अधिकारी सहितको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts