सहायक प्रजिअ भट्टराई अध्यक्ष रहेको कर्मचारी मिलन केन्द्र ताप्लेजुङमा सर्वसम्मत नयाँ नेतृत्व

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,माघ ८ । कर्मचारी मिलन केन्द्र ताप्लेजुङको ११ औं साधारणसभा तथा अधिबेशनले सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई अध्यक्ष रहेको ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
मिलन केन्द्रका सल्लाहकार संयोजक एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले गरेको कार्य समितिका पदाधिकारी तथा सदस्यको नामलाई सभाले सर्वसम्मत पारित गरेको थियो । कार्य समितिको उपाध्यक्षमा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख प्रेम सुब्बा,सचिवका जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा सुरेन्द्रराज दाहाल,सहसचिवमा ताप्लेजुङ जिल्ला अस्पतालका दन्त चिकित्सक डाक्टर रञ्जना खड्का र कोषाध्यक्षमा जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख नवराज गिरी रहनु भएको छ । गिरी मिलन केन्द्र बचाइ राख्न क्रियाशिलमध्येमा पर्नुहुन्छ ।
समितिका सदस्यहरुमा मालपोत कार्यालयका निमित्त प्रमुख निर्मल शेर्पा,नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखाका प्रवन्धक बिनोद गुरुङ,शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराई,जिल्ला निर्वाचन अधिकारी दिनेश खनाल र घरेलु कार्यालय ताप्लेजुङका निमित्त प्रमुख युवराज घोर्साइ रहनु भएको छ । मिलन केन्द्रका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिदैं प्रजिअ पोखरेलले कर्मचारी–नागरिक सम्वन्धलाई थप मजवुत बनाई पेशागत धर्मलाई इमान्दारितापूर्वक निर्वाह गर्न र सेवाग्राहीमैत्री व्यवहारलाई थप रचनात्मक बनाउन मिलन केन्द्रले संस्थागत भूमिका निर्वाह गर्ने बताउनुभयो ।
मिलन केन्द्रका सल्लाहकार एवम् जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी)कैलाश राईले सुसुप्त अवस्थामा रहेको मिलन केन्द्रलाई क्रियाशिल गराएर संस्थागत क्षमता अभिबृद्धि गर्ने प्रयास भएकोमा प्रसन्नता व्यक्त गर्नुभयो । पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतम र पूर्व अध्यक्ष खगेन्द्र अधिकारी सहितले कर्मचारी मिलन केन्द्र क्रियाशिलताको प्रशंसा गर्दै नवनिर्वाचित कार्य समितिलाई सफलतापूर्वक कार्य सम्पदान गर्ने अवसर र प्रेरणा प्राप्त होस् भन्ने शुभकामना दिनु भएको थियो । मिलन केन्द्रको नवनिर्वाचत कार्य समितिको पदावधि दुई बर्षको हुने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts