| |

पापुङमा एक घरमा आगलागी हुँदा लाखौंको क्षति

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, माघ ७ । ताप्लेजुङको दुर्गम गाउँ मिक्वाखोला गाउँपालिका–५ पापुङमा एक घरमा आलगाली हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ । पापुङ सिम्बुकका स्थानीय ठुन्डुक शेर्पाको घर र मतानमा आगलागी हुँदा लाखौं रुपियाँ बराबरको क्षति भएको हो ।
मिक्वाखोला गाउँपालिका–५ पापुङका वडाध्यक्ष ग्यान्जे लामा शेर्पाका अनुसार आगलागीबाट करिव ७२ लाख रुपियाँ बराबरको क्षति हुन गएको छ । प्रहरीचौकी पापुङबाट गएको प्रहरी टोलीले सङ्कलन गरेको क्षतिको विवरणअनुसार आगलागीबाट उक्त मूल्य बराबरको क्षति भएको वडाध्यक्ष शेर्पाले बताउनुभयो ।
घरमा कोही नभएको समयमा आगलागी भएकोले केही सुनचाँदीका गरगहना, बहुमूल्य पुरानो मुगाको माला, खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनसहित सबै सामग्री जलेर नष्ट भएको छ । बिहान खाना बनाउँदा भान्सा कोठामा बालेको आगो पूर्णरुपमा ननिभाएका कारण सोही आगोबाट घरमा आगलागी भएको हुनसक्ने प्रहरी तथा स्थानीयले अनुमान लगाएका छन् । आगलागी बिहीबार दिउँसो भएको हो ।
यता आगलागीबाट घर मतानसहित सम्पूर्ण सामग्री नष्ट भएपछि अग्निपीडित परिवार छिमेकीकहाँ शरण लिएर बस्दै आएका छन् । आगलागी भएकै दिन साँझ अर्थात बिहीबार नै वडाको तर्फबाट केही खाद्यान्न, ओढ्ने ओछ्याउने कपडालगायतका सामग्री पीडित परिवारलाई प्रदान गरिएको पनि वडाध्यक्ष शेर्पाले जानकारी दिनुभयो । पीडित परिवार सात जनाको सङ्ख्यामा भएपनि हाल गाउँमा ठुन्डुक र उहाँकी श्रीमती मात्र बस्दै आउनुभएको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts