| | |

आधारशिला सहकारी संस्थाको नयाँ नेतृत्व चयन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, पुस ३० । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ स्थित आधारशिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नयाँ नेतृत्व चयन भएको छ । संस्थाको पाँचौं साधारणसभा तथा तेस्रो जिल्ला अधिवेशनले गंगाराम शङ्खरको अध्यक्षतामा नयाँ नेतृत्व अर्थात सञ्चालक समिति चयन गरेको हो ।
अधिवेशनले शङ्खरको नेतृत्वमा ११ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो समितिको उपाध्यक्षमा तेजकुमार मैनाली, सचिव तेजबहादुर भट्टराई, कोषाध्यक्ष विष्णुकुमारी श्रेष्ठ र सह–सचिवमा रुपा लिम्बू चयन हुनुभएको छ ।
यस्तै चन्द्रकुमार तामाङको संयोजकत्वमा तीन सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति चयन गरिएको छ । शुक्रबार सम्पन्न सहकारीको साधारणसभा तथा अभिवेशनले सर्बसम्मत चयन गरेको नयाँ सञ्चालक समिति र लेखा तथा सुपरीवेक्षण समितिलाई मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेम लगायतले बधाई साथै शुभकामना दिनुभएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts