|

ताप्लेजुङबाट खेलाडीको विदाई

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ २८ ।
ताप्लेजुङबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय छनोटमा सहभागी हुने खेलाडीलाई विदाई गरिएको छ । प्रदेशस्तरीय छनोटको शुभकामनासहित विभिन्न विधाअन्तर्गत जिल्लाबाट छनोट भएका खेलाडीलाई सोमबार विदाई गरिएको हो ।
जिल्ला खेलकुद विकास समितिले विदाइ कार्यक्रम आयोजना गरी प्रदेशस्तरीय छनोटका लागि विभिन्न विधाका एकसय ५३ जना खेलाडी विदाई गरिएको हो । प्रदेशस्तरीय छनोटका लागि यहाँबाट छानिएका सबै खेलाडीलाई सफलताको शुभकामनासहित विदाई गरिएको जिल्ला खेलकुद विकास समितिकी उपाध्यक्ष अनिता पन्दाकले जानकारी दिनुभयो ।
प्रदेश छनोटका लागि जिल्लाबाट बुद्धिचालमा दुईजना, ब्याडमिन्टन पुरुषतर्फ चार र महिलातर्फ तीन गरी सात जना, एथलेटिक्समा पुरुषतर्फ १२ जना र महिलातर्फ १० गरी २२ जना खेलाडी छनोट भएका छन् । यस्तै टेबुलटेनिसमा पुरुषतर्फ तीन र महिलातर्फ दुई गरी पाँचजना, कबड्डीमा पुरुष र महिला दुवैतर्फ नौ–नौ जना गरी १८ जना, सितोरियो कराँतेतर्फ महिला पुरुष गरी २१ जना र तेक्वादोमा महिला ११ र पुरुष ११ गरी २२ जना छनोट भएका छन् ।
त्यस्तै पुरुष फुटबलतर्फ १६ र महिला फुटबलमा १८ जना, रग्वी र बक्सिङमा एक–एक जना तथा भलिबलमा महिलातर्फ ११ र पुरुषतर्फ १० जना खेलाडी छनोट भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts