आगामी निर्वाचनकालागि ताप्लेजुङमा पाँचदलद्धारा उम्मेदवार सिफारिस

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २० । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि ताप्लेजुङमा दलहरुले धमाधम उम्मेदवारहरु सिफारिस गर्न थालेका छन् ।

नेपाली काँग्रेस,माओवादी केन्द्र,संघीय लोेकतान्त्रिक राष्ट्रिय मञ्च,नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवार सिफारिस गरिसकेका छन् । नेकपा एमालेले उम्मेदवार सिफारिसका लागि सोमवारबाट प्रदेश निर्वाचन क्षेत्र कमिटी स्तरीय छलफल सुरु गरेको छ । बुधवार सम्ममा प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष तथा समानुपातिकतर्फका सबै उम्मेदवार सिफारिस गर्ने एमाले जिल्ला अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिनुभयो । काँग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ सहित पूर्व राज्यमन्त्री मणि लामा, प्रदेश १ सरकारका मन्त्री प्रतापप्रकाश हाङ्गाम, सिरिजङ्गा गाउँपालिकाका निवर्तमान अध्यक्ष टीकाराम गुरुङ र महाधिबेशन प्रतिनिधि बलबहादुर तामाङको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ पूर्व जिल्ला सभापति लीलादेवी बोखिम, महाधिबेशन प्रतिनिधि युवराज गुरुङ र शीला ईजमको नाम सिफारिस गरेको छ ।


प्रदेशसभा १(क)बाट डिल्लीरमण बराल,लक्ष्मीप्रसाद भट्टराई र गोपाल गुरुङको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ केशवप्रसाद दाहाल,पदमसुन्दर पालुङ्वा,रामप्रसाद कङ्लिवा,मंगलबहादुर मेन्याङ्वो र सन्तोषकुमार सार्कीको नाम सिफारिस भएको छ । यस्तै महिलातर्फ शीला इजम,मीना गुरुङ,मातृकादेवी प्रसाँई र गीताकुमारी चौहानको नाम सिफारिस भएको छ । प्रदेशसभा(ख)को प्रत्यक्षतर्फ क्षेत्रीय सभापति खगेनसिंह हाङ्गामको एकल नाम सिफारिस भएको छ । समानुपातिकमा भने इन्द्रकुमार केदेम,गणेशबहादुुर चोङ्वाङ,तिलप्रसाद सुब्बा,टेकबहादुर साँवा,गीताकुमारी सेन्दाङ,कविता सुब्बा,नरमाया केदेम,कल्पनादेवी सिटौला र चन्द्रमाया लिम्बूको नाम सिफारिस भएको छ ।


माओवादी केन्द्रले प्रतिनिधिसभामा केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री(पराग),लक्ष्मीप्रसाद अन्छङ्वो(आवाज) र मिङ्माडण्डु शेर्पाको नाम सिफारिस गरेको छ । यस्तै प्रदेशसभा १(क)तर्फ खेलप्रसाद बुढाक्षेत्री(पराग) र बमबहादुर भट्टराई(तारा) तथा प्रदेशसभा १(ख)तर्फ लक्ष्मीप्रसाद अन्छङ्वो(आवाज) र मिङ्माडण्डु शेर्पाको नाम सिफारिस भएको छ । यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ पार्टीका बैकल्पिक केन्द्रीय सदस्य पर्शुराम कार्की,प्रदेश सदस्य तेजशमसेर भट्टराई(काजी), ठाकुरसिंह साम्सोहाङ, देउबहादुर इवाराम र गोमा चुडाँलको नाम आएको छ । यस्तै प्रदेशसभातर्फ महिलामा बिमला लिम्बू,मनकुमारी मादेन,मलिसा यक्सो र मैया न्यौपाने(सविना)को नाम आएको छ । पुरुषतर्फ प्रेमकुमार सेलिङ(संगम),पर्शुराम थोप्रा(बंशु),सागर आङबुहाङ,पूर्ण इजम लिम्बू,मिङ्माडण्डु लामा र अमरनन्द खातिको नाम आएको माओवादी केन्द्रले जनाएको छ । उसले समानुपातिकतर्फको नाम भने सिफारिस  गरिसकेको छैन ।


संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बूवान राज्य परिषद्ले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ होमप्रसाद तुम्बाहाम्फे र उदय लिङदेनलाई सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै प्रदेशसभा १(क)मा भूपेन्द्र मावो र १(ख)मा मुक्साम लाबुङलाई सिफारिस गरिएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ भने प्रदेश १ सरकारका राज्यमन्त्री समेत रहेकी बिष्णु तुम्बाहाम्फे,बिष्णुमार यक्सो र अमृता गुरुङको नाम सिफारिस गरिएको छ । प्रदेशसभाको समानुपातिकतर्फ भने इन्द्रकुमारी(इन्दिरा)मेन्याङ्वो लिम्बू,देउबहादुर(डि.वी)खुदाङ,रीता मादेन र रुपा चोङ्वाङको नाम सिफारिस भएको छ ।


नेकपा एसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ हर्क यक्सो,कल्पना तुम्बाहाम्फे र मुकुन्द भट्टराईको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ अम्बिका राजभण्डारी,डम्बरबहादुर तुम्बाहाम्फे र त्रिलोचन गुरागाँइलाई सिफारिस गरेको छ । यस्तै प्रदेशसभा १(क)को प्रत्यक्षतर्फ शम्भु गौतम,सुनिता मादेन र डालकुमार गुरुङ लाई सिफारिस गर्ने निर्णय भएको नेकपा एसले जनाएको । प्रदेशसभा १(ख)को प्रत्यक्षतर्फ खेमबहादुर वने,मञ्जु पौडेल भट्टराइ र ठाकुरसिंह नाल्वोको नाम सिफारिस भएको छ । प्रदेशसभाको समानुपातिकतर्फ नीताकुमारी सिवा,अमर लोहार आरसी पोमू र देवीमाया नेपालीको नाम सिफारिस भएको छ ।


राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्यद्धय इन्द्र थापा र राम कार्कीको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ अमृत साउदेन,तेज सुनुवार,उर्मिला घिमिरे,डिल्ली बिष्ट र लिला अधिकारीको नाम सिफारिस गरेको छ । प्रदेशसभा १(क)को प्रत्यक्षतर्फ चन्द्र थापा र रमेश न्यौपाने तथा १(ख)मा मनकुमार वनेम र ललितकुमार साउदेनको नाम सिफारिस भएको छ । प्रदेशसभा १(क)को समानुपातिकतर्फ बिष्णुमाँया राई,उर्मिला घिमिरे बिक,महेन्द्र पालुङ्वा र निर्मला इजम तथा १(ख)तर्फ युवराज थापा,दीपक ओख्राबु र सुष्मा लिम्बू बोगटीको नाम सिफारिस भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts