|

सनराइज बैंकले पाथीभरा क्षेत्रमा प्रयोग हुने गरी दियो पोर्टेबल शौचालय र डिजिटल घडी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ १९ । सनराइज बैंकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रयोग हुने गरी तीन थान पोर्टेबल शौचालय र एकथान डिजिटल घडी प्रदान गरेको छ ।

सनराईज बैंकका डेपुटी जनरल म्यानेजर रविनकुमार नेपालले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेलाई उक्त सामग्रीको पत्र हस्तान्तरण गर्नु भएको छ । जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको उपस्थितिमा सनराइज बैंकले पोर्टेबल शौचालय र एकथान डिजिटल घडी पाथीभरा क्षेत्र विकास समितिलाई हस्तान्तरण गरेको हो । क्षेत्र विकास समितिका अध्यक्ष थेबेले पाथीभरा क्षेत्रमा तीर्थालुहरुलाइ सहयोग पुग्नेगरी सामग्री दिएर सनराइज बैंकले सामाजिक उत्तरदायित्व निर्वाह गरेको बताउनुभयो । सनराइज बैंकका १ नं प्रदेश प्रमुख बिबेक निरौलाले पाथीभरा क्षेत्रमा तिर्थालुका लागि आवश्यक पर्ने सामग्री हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउनुभयो । बैंकले समाजका आधारभूत आवश्यकताहरुलाई क्रमैसंग पूरा गरेर सामाजिक उत्तरदायित्व बहन गर्दै आएको उहाँले बताउनुभयो ।

सनराइज बैंकले केहि समय अघि मात्र विपद् र सामाजिक कार्यमा प्रयोग हुने २० थान ठूलो खालको त्रिपाल जिल्ला समन्वय समितिलाई हस्तान्तरण सनराइज बैंकका फुङलिङ शाखा प्रवन्धक अनिल श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले,पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतम,पूर्व अध्यक्ष खगेन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

सनराइज बैङ्क लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त बैङ्क हो । यस बैङ्कको स्थापना २०६४ भएको हो । सनराइज बैंकले आर्थिक वर्ष २०७८÷७९ मा २ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४८.६९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब ४४ करोड खुद नाफा कमाएको थियो । बैंकको कुल सञ्चालन आम्दानी २१.५६ प्रतिशत र सञ्चालन मुनाफा १९.९० प्रतिशतले बढेको बैंकका डेपुटी जनरल म्यानेजर नेपालले जानकारी दिनुभयो ।

बैंकले गत आर्थिक वर्षसम्म ग्राहकहरुको १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । सोही अवधिमा १ खर्ब २० करोड रुपैयाँ कर्जा परिचालन गरेको बैंकले जनाएको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको हो । समीक्षा अवधिमा यस्तो आम्दानी ६.०१ रुपैयाँ बढेर २१.२६ रुपैयाँ पुगेको समेत बैंकले जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts