काँग्रेस ताप्लेजुङमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पाँच र समानुपातिकतर्फ तीन जना आकाँक्षी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १८ । ताप्लेजुङबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनाव लड्न नेपाली काँग्रेसका ५ जनाले दावेदारी प्रस्तुत गर्नु भएको छ । समानुपातिकतर्फ भने ३ जनाको दावेदारी आएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फ दावेदारी प्रस्तुत गर्नेहरुका लागि शनिवार बिहान ७ बजे देखि १० बजे सम्मको समयसीमा तोकिएको थियो । निर्धारित समयमा प्रत्यक्षतर्फ जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ,महाधिबेशन प्रतिनिधि तथा पूर्व राज्यमन्त्री मणि लामा, महाधिबेशन प्रतिनिधि तथा प्रदेश १ सरकारका मन्त्री प्रतापप्रकाश हाङ्गाम, महाधिबेशन प्रतिनिधि तथा सिरिजङ्गा गाउँपालिकाका निवर्तमान अध्यक्ष टीकाराम गुरुङ र महाधिबेशन प्रतिनिधि बलबहादुर तामाङले दावेदारी प्रस्तुत गर्नु भएको छ । समानुपातिकतर्फ भने महाधिबेशन प्रतिनिधि तथा पूर्व जिल्ला सभापति लीलादेवी बोखिम, महाधिबेशन प्रतिनिधि युवराज गुरुङ र महाधिबेशन प्रतिनिधि शीला ईजमले दावेदारी प्रस्तुत गर्नु भएको जिल्ला सभापति तुम्याहाङले जानकारी दिनुभयो । इजमको दावेदारी प्रदेशसभाको समानुपातिकतर्फ समेत रहेको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ समावेशी आधारमा नाम सिफारिस गर्न सक्ने प्रावधान रहेको छ । सभापति हाङ्गामले अब अधिकतम् छलफल र सहमतिका आधारमा र नभए बहुमतका आधारमा नामावली सिफारिस हुने बताउनुभयो । जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्य,संघीय महाधिबेशन प्रतिनिधि र प्रादेशिक प्रतिनिधि प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार छनौटका लागि मतदाता हुने बताइन्छ ।
प्रत्यक्षतर्फ प्रदेशसभाका दुबै निर्वाचन क्षेत्रका उम्मेदवार सिफारिस
नेपाली काँग्रेस ताप्लेजुङले प्रदेशसभाका दुबै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गरेको छ । स्रोतका अनुसार प्रदेशसभा १(क)बाट डिल्लीरमण बराल,लक्ष्मीप्रसाद भट्टराई र गोपाल गुरुङको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ पुरुषमा ४ र महिलातर्फ ३ जनाको नाम सिफारिस गर्ने निर्णय भएको छ । पुरुषतर्फ केशवप्रसाद दाहाल,पदमसुन्दर पालुङ्वा,रामप्रसाद कङ्लिवा र मंगल मेन्याङ्वोको नाम सिफारिस हुने भएको छ । प्रदेशसभा समानुपातिकमा दलित क्लष्टरतर्फ आफ्नो नाम समेत समावेश हुनुपर्ने भन्दै सन्तोषकुमार सार्कीले फेरी अपिल गर्नु भएको छ । यस्तै महिलातर्फ शीला इजम,मीना गुरुङ र मातृकादेवी प्रसाँईको नाम सिफारिस हुने भएको छ ।

प्रदेशसभा(ख)को प्रत्यक्षतर्फ क्षेत्रीय सभापति खगेनसिंह हाङ्गामको एकल नाम सिफारिस भइसकेको छ । समानुपातिकमा भने पुरुषतर्फ ४ र महिलातर्फ ५ जनाको नाम चर्चामा आएको छ । पुरुषतर्फ इन्द्र केदेम,गणेशबहादुुर चोङ्वाङ,तिलप्रसाद सुब्बा र टेकबहादुर साँवाको चर्चामा छ । महिलातर्फ गीता सेन्दाङ,कविता सुब्बा,नरमाया केदेम,कल्पनादेवी सिटौला र चन्द्रकला लिम्बूको नाम चर्चामा रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts