| |

ताप्लेजुङमा ‘एस’निकट दुई संगठन गठन

अरुलाई पनि शेयर गरौ !

सोनाम शेर्पा
ताप्लेजुङ, भदौ १० । ताप्लेजुङमा नेकपा (एकीकृत समाजवादी) निकट दुई संगठन विस्तार गरिएको छ । एकनिकट सेवा निवृत्त राष्ट्र सेवक संघ र नेपाल इञ्जिनियर पेशाकर्मी संघ विस्तार (गठन) गरिएको छ ।
सो पार्टीका अनुसार अम्विका राजभण्डारी अध्यक्ष र मुकुन्द भट्टराई सचिव रहेको ११ सदस्यीय सेवा निवृत्त राष्ट्र सेवक संघ नेपाल जिल्ला कार्य समिति गठन भएको छ । यस्तै प्रकाश गुरुङको संयोजकत्वमा नेपाल इञ्जिनियर पेशाकर्मी संघ गठन भएको छ ।
पेशागत महासंघ नेपाल ताप्लेजुका सचिव केशव गुरागाईंका अनुसार एकीकृत समाजवादीका पोलिट व्यूरो सदस्य तथा पेशागत महासंघ नेपालका अध्यक्ष प्रेमलकुमार खनालको उपस्थितिमा उक्त दुई संगठन विस्तार गरिएको हो । संगठन विस्तारसँगै संगठनमा आवद्ध सदस्य तथा कार्यकर्तालाई खनालले प्रशिक्षण पनि दिनुभएको थियो ।
प्रशिक्षणका क्रममा सम्पूर्ण पेशाकर्मीहरुको साझा समस्या समाधानको पहल साथै पेशागत हकहितको कार्यमा क्रियाशील रहने उद्देश्यले स्थापित महासंघ सोहीअनुसार सक्रिय रहँदै आएको खनालले बताउनुभयो । पेशागत महासंघ नेपालका जिल्ला अध्यक्ष शान्तिराम नेपालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एसका अर्का नेता बेधनिधि निरौला समेतको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts