| |

पाथीभरा सुनचाँदी कला व्यवसायी संघमा शङ्खर

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, साउन २१ ।
ताप्लेजुङस्थित पाथीभरा सुनचाँदी कला व्यवसायी संघको अध्यक्षमा गङ्गाराम शङ्खर चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न संघको चौंथो अधिवेशनबाट अध्यक्षमा शङ्खर सर्वसम्मत चयन हुनुभएको हो ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा लक्ष्मी लामगादे, द्वितीय उपाध्यक्षमा गणेश लोहार, महासचिव पूर्ण लामगादे, सचिव इन्द्र सेन्चुरी र कोषाध्यक्षमा चन्द्र लामगादे चयन हुनुभएको छ ।
पदाधिकारीसहित १५ सदस्यीय कार्यसमितिको सदस्यहरुमा अर्जन रसाइली, हिम्मत शङ्खर, कृष्ण लुहार, कविता लामगादे, गणेश लामगादे, नारायण लामगादे र रमेश लाम्गादे रहनुभएको छ । समितिको कार्यकाल भने दुई वर्षको हुने नवनिर्वाचित अध्यक्ष शङ्खरले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts