प्रिमियर लिगमा लिड्स च्याम्पियन बन्दै

अरुलाई पनि शेयर गरौ !

एजेन्सी/ १६ वर्षपछि इग्ल्याण्डको शीर्ष डिभिजन फुटबल प्रिमियर लिगमा फर्केको लिड्स युनाइटेड च्याम्पियनसिपको च्याम्पियन बन्ने पक्का भएको छ । एक दिन अघि वेस्ट ब्रोम हड्शफिल्ड टाउनसँग पराजित हुँदा प्रिमियर लिगमा बढुवा पक्का भएको लिड्स अर्को दिन ब्रेन्टफोर्ड स्टोक सिटीसँग १(० ले पराजित हुँदा च्याम्पियन हुने पक्का बनेको हो ।
च्याम्पियनसिपमा कूल २४ क्लबले प्रतिस्पर्धा गर्नेमा लिड्स ४४ खेलबाट ८७ अंकसहित शीर्ष स्थानमा छ । ४५ खेल लिसकेको वेष्टब्रोम ८२ अंकसहित दोस्रो र ८१ अक रहेको ब्रेन्टफोर्ड ८१ अंकसहित तेस्रो स्थानमा छ । लिड्सले अझै २ खेल खेल्न बाँकी छ । अब दुवै खेलमा हार बेहोरे पनि लिड्स च्याम्पियनसिपको च्याम्पियन बन्ने पक्का छ ।
अर्जेन्टाइन प्रशिक्षक मार्को बिएल्सा आएपछि लिड्सले दोस्रो सिजनमै च्याम्पियनसिपको उपाधि जितेको हो । गत सिजन अंकतालिकामा तेस्रो स्थानमा रहेको लिड्स प्लेअफमा डर्बी काउन्टीसँग पराजित भएपछि प्रिमियर लिगमा बढुवा हुन असफल भएको थियो । लिड्सले तीन पटक शीर्ष श्रेणी प्रिमियर लिगको उपाधिसमेत जितेको छ ।
सन् २००४ पछि लिड्स पहिलो पटक प्रिमियर लिगमा बढुवा भएको हो । च्याम्पियनसिपका शीर्ष दुई क्लब सिधै प्रिमियर लिगमा बढुवा हुनेछन् भने तेस्रोदेखि छैटौं स्थानसम्म रहने क्लबले प्रिमियर लिगमा पुग्न बाँकी एक स्थानका लागि प्लेअफ खेल्नेछ । यस सिजन प्रिमियर लिगबाट नर्विच सिटी रेलिगेसनमा परिसकेको छ । अब रेलिगेसनमा पर्ने दुई टिमको टुङ्गो लाग्न बाँकी छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts