| |

नेविसंघ ताप्लेजुङद्वारा विरामीलाई फलफूल वितरण

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, साउन ६ ।
नेपाल विद्यार्थी संघ ताप्लेजुङले जिल्ला अस्पतालमा उपचाररत विरामीलाई शुक्रबार बिहान फलफूल वितरण गरेको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४० औं स्मृति दिवसका अवसरमा नेविसंघले विरामीलाई फलफूल वितरण गरेको हो ।
जिल्ला अस्पतालमा उपचाररत विरामीको स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको नेविसंघ जिल्ला कार्यसमितिका कार्यबाहक सभापति अर्जुन तिवारीले जानकारी लिनुभयो । तिवारीका अनुसार जिल्ला अस्पतालमा उपचारार्थ भर्ना भएका २२ जना विरामीलाई फलफूल वितरण गरिएको छ ।
उहाँकाअनुसार नेपाली काँग्रेस ताप्लेजुङका सभापति गजेन्द्र तुम्याहाङसहित पार्टीका जिल्ला नेतृत्व, प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल लगायतको उपस्थितिमा फलफूल वितरण गरिएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts