|

ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले अति आवश्यकताको आधारमा पालिकाका बाढी पीडितलाइ पाइप उपलब्ध गराउने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २८ । बाढी र पहिरोले पानीका पाइप समेत बगाएर समस्या झेलीरहेका बासिन्दालाइ ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले आवश्यकताको आधारमा पाइप बितरण गर्ने भएको छ ।

संघीय सरकारबाट प्राप्त १४ हजार ३ सय मिटर पाइप सम्वन्धित वडाको वडाको संरक्षणमा रहने गरी आवश्यकताको आधारमा अति प्रभावित घर परिवारलाइ बितरणको प्रवन्ध गरिएको गाउँपालिकाका प्रवक्ता बमप्रसाद गौतमले मंगलवार जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामबाट २० एमएमको ७ हजार ५ सय मिटर, २५ एमएमको ३ हजार ८ सय मिटर,३२ एमएमको १ हजार ६ सय मिटर र ४० एमएमको १ हजार ४ सय मिटर गरी १४ हजार ३ सय मिटर पाइप पालिकालाइ हस्तान्तरण भएको थियो । सोहि पाइपलाइ गाउँपालिकाले आवश्यताको आधार र वडापालिकाको संरक्षण हुने गरी अति प्रभावित परिवारलाइ बितरण गर्ने भनेको छ । गत असार ३० गते आएको बाढी र पहिरोका कारण सिरिजंगा गाउँपालिका वडा नं ५ पेदाङ्,वडा नं ६ मामाङ्खे र वडा नं ७ खेवाङमा निकै ठूलो जनधनको क्षति भएको थियो ।

पहिरोले स्थानीयले प्रयोग गर्दै आएको खानेपानीको नाला र मुहान समेतमा क्षति गरेपछि गाउँपालिका र जिल्ला बिपद् व्यवस्थापन समितिबाट खानेपानीको पाइप व्यवस्थापन गरिदिन नेपाल सरकार र प्रदेश सरकार समक्ष अनुरोध गरिएको थियो । सोहि अनुसार संघीय सरकारले तत्कालका लागि करिव साढे १४ हजार मिटर पाइप पठाएको छ । बिज्ञप्तीमा पालिका प्रवक्ता गौतमले गाउँपालिकाले पाइप उपलब्ध गराएकोमा संघीय सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरी तथा पहलकदमी लिएकोमा पालिका अध्यक्ष लालकृष्ण चौहान र पालिकाका पूर्व अध्यक्ष टीकाराम गुरुङप्रति आभार प्रकट गरिएको छ ।

जिल्ला बिपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले खानेपानीको समस्या बारे जिल्ला बिपद् व्यवस्थापन समिति समेतकोतर्फबाट संघीय र प्रदेश सरकार समक्ष गरिएको आग्रह अनुसार पाइप प्राप्त भएकोमा खुसी प्रकट गर्नु भएको छ ।‘प्राथमिक आवश्यतामध्ये एकको सम्बोधन भएको छ’पोखरेलले भन्नुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts