| |

बुङ्कुलुङमा ‘सोवा रिग्पा’ तालिम सम्पन्न

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असार २० ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा सोवा रिग्पा (उपचार स्वास्थ्य विज्ञान) तालिम सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको बुङ्कुलुङमा सञ्चालित १५ दिने उक्त तालिम आइतबार सम्पन्न भएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको आयोजनामा सोवा रिग्पा तालिम सम्पन्न भएको हो । तालिममा ताप्लेजुङसहित पाँचथर, संखुवासभा र झापासमेत चार जिल्लाका २३ जना लामा सहभागी बन्नुभएको थियो ।
बुङ्कुलुङको करुणा होमस्टेमा सञ्चालित तालिममा डा. तेन्जिङ थार्के गुरुङले प्रशिक्षण दिनुभएको स्थानीय व्यवस्थापक पासाङरिता शेर्पाले जानकारी दिनुभयो । शेर्पाले सोवा रिग्पा तालिम अत्यन्तै उपयोगी र प्रभावकारी रहेको बताउनुभयो । आजभन्दा २५ सय वर्ष पहिले भगवान गौतम बुद्धले प्रतिपादन गर्नुभएको सोवा रिग्पा (उपचार स्वास्थ्य विज्ञान) प्राचीन उपचार पद्धति भएको बताइएको छ ।
तालिमको समापनमा फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा र वडा नम्बर ९ हाङ्देवाका वडाध्यक्ष लक्ष्मण गुरुङ सहभागी बन्नुभएको थियो । धार्मिक विविधता भएको देश नेपालमा सबैखाले धर्म–संस्कृति तथा संस्कारको संरक्षण साथै प्रवर्द्धन गर्न आवश्यक रहेको नगर प्रमुख मादेनले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts