| |

सिदिङ्वाले ल्यायो साढे ३९ करोड बजेट

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असार १० ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि करिव साढे उनन्चालीस करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । शुक्रबार सम्पन्न १० औं गाउँसभामार्फत सिदिङ्वा गाउँपालिकाले कुल ३९ करोड ५० लाख ३४ हजार २० रुपैयाँको बजेट ल्याएको हो ।

कृषि, पर्यटन, पूर्वाधार र प्रविधि, सिदिङ्वा गाउँपालिकाको समृद्धि नारासहित सिदिङ्वाले आगामी आवको नीति तथा कार्यक्रम बजेट सार्वजनिक गरेको हो । गाउँसभामा पालिका अध्यक्ष मानबहादुर राईले आगामी नीति तथा कार्यक्रम र उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) ले बजेट सार्वजनिक गर्नुभएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts