ताप्लेजुङ जिल्ला अदालत परिसरमा स्थापित मुख्य निर्वाचन अधिकृतको कार्यालय औपचारिक रुपमा बन्द

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ७ । स्थानीय तह सदस्य निर्वाचन प्रयोजनका लागि ताप्लेजुङमा खुलेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मंगलवारबाट औपचारिक रुपमा बन्द भएको छ ।

बैशाख ३० गते स्थानीय तह सदस्य निर्वाचन गराउने प्रयोजनका लागि बैशाख ८ गते बिहीबार ताप्लेजुङ सहित देशभर मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय खुलेका थिए । मुख्य निर्वाचन अधिकृत तथा ताप्लेजुङ जिल्ला अदालतका न्यायाधीस प्रकाश राउतले निर्वाचनका सरोकारवाला पक्षको असल समन्वय र सञ्चारकर्मी तथा नागरिक समाजका व्यत्तित्वको विगतको अनुभवले निर्वाचन स्वतन्त्र,निश्पक्ष र भयरहित बनाउन सकिएको भन्दै सम्वद्ध सबैप्रति आभार प्रकट गर्नु भएको छ ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जिल्ला न्यायाधीस तथा मुख्य निर्वाचन अधिकृत राउतको नेतृत्वको अगुवाइ स्थानीय तहको निर्वाचन संयमित, व्यवस्थित,भयरहित र निश्पक्ष बनाउन सकिएको भन्दै यस्ता जिम्मेवारी कुशलतापूर्वक सम्पन्न हुनुमा सबै पक्षको एकता,समन्वय र सहकार्यले काम गरेको बताउनुभयो । बिगतमा भएका निर्वाचनको अवस्था,निर्वाचनका बेला देखा पर्ने चुनौतिको सामना गर्न अपनाइएको रणनीति र सम्भावित समस्या समेतको उजागर गरेर निर्वाचन पूण रुपमा सफल पार्न आम सञ्चारकर्मी र नागरिक समाजका सदस्यबाट प्राप्त भएको रचनात्मक सहयोग उत्तिकै प्रशंसनिय रहेको प्रजिअ पोखरेलको भनाइ थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन व्यवस्थित रुपमा सम्पन्न गर्ने कार्यमा खटिएका प्रजिअ पोखरेल सहितको सुरक्षा निकायका प्रमुखहरु,मुख्य निर्वाचन अधिकृतको कार्यालयमा रहेर खटिएका जनशक्ति तथा संस्थागत रुपमा पत्रकार महासंघ ताप्लेजुङ शाखालाइ प्रशंसापत्र समेत प्रदान गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts