|

फुङ्लिङमा आमश उपचार शिविर सुरु

अरुलाई पनि शेयर गरौ !

ओमेन्सा राई
ताप्लेजुङ, जेठ २५ ।
स्वर्गीक मार्ग संघ नेपाल ताप्लेजुङ शाखाको आयोजनामा निःशुल्क आमश उपचार शिविर बुधबारदेखि शुरु भएको छ । सदरमुकाम फुङ्लिङमा पाँचदिने आमश (आत्म, मन, शरीर) उपचार शिविर सुरु भएको हो ।
जेठ २९ गते आइतबारसम्म सञ्चालन हुने शिविरमा पहिलो दिन २३४ जना बिरामीले उपचार सेवा लिएका छन् । शिविरमा हेभेन्ली निर्भाणा पाथका सुत्राधार हिजहोलिनेस मास्टर गड्याञ्जलद्वारा प्रतिपादित विधिको प्रयोग गरी उपचार सेवा प्रदान गरिँदै आएको छ ।
पक्षघात, उच्च रक्तचाप, जोर्नीको दुखाई, ग्याष्टिक, पेटसम्बन्धी रोग, पिनास, खाना नपच्ने, ढाडको समस्या , मानसिक रोग लगायतका बिरामीको उपचार भइरहेको आयोजकले जनाएको छ । शिविर ताप्लेजुङ उद्योग बाणिज्य संघको हलमा सञ्चालन गरिएको छ भने आठ वटा बेड (शैया) को व्यवस्था गरी बिरामीलाई उपचार सेवा प्रदान गरिँदै आएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts