फक्ताङलुङ गापा अध्यक्षद्धारा पालिकाको गाडीमार्फत बिरामीलाइ स्वास्थ्य संस्थासम्म पु¥याउन सुरु

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १४ । पालिकाको गाडीलाइ एम्बुलेन्स बनाउने घोषणा गरेका ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन(मुक्ति)लाबुङले अन्ततःपालिकाको सवारीमार्फत बिरामीको उद्धार गर्न थाल्नु भएको छ ।

शनिवार उहाँले उपचारका लागि फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ इखाबुकी ६३ बर्षिय रामप्यारी लिम्बूलाइ पालिकाको सवारीमार्फत ताप्लेजुङ जिल्ला अस्पताल सम्म पुग्ने प्रवन्ध गर्नु भएको छ । पथरिया र जण्डिसको समस्याले ग्रस्त उहाँलाइ पालिकाको गाडीले छिरुवा बजारबाट ताप्लेजुङ जिल्ला अस्पताल सम्म पु¥याएको छ । निर्वाचनताका घोषणापत्र सार्वजनिक गर्दै लाबुङले पालिकाको सवारीलाइ एम्बुलेन्स बनाउने घोषणा गर्नु भएको थियो । उहाँले निर्वाचनमा बिजयी प्राप्त गरेर पदभार ग्रहण गरेको दिन आफ्नो पूर्व घोषित भनाइ कायम राख्दै बिरामी परेर उपचारका लागि स्वास्थ्य संस्था सम्म पुग्नुपर्ने अवस्थामा सवारी चाहिए पालिकामा खबर गर्न आग्रह गर्दै पालिकाको सवारी औपचारिक रुपमा एम्बुलेन्सको रुपमा प्रयोग हुने घोषणा गर्नु भएको थियो ।

उहाँले आफ्नो सेवा सुबिधा समेत पालिकाका नागरिककै हितमा प्रयोग गर्ने भन्दै त्यो सुबिधा व्यक्तिगत रुपमा भोग नगर्ने समेत घोषणा गर्नु भएको छ । पूर्व लाहुरे उनी गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रकोतर्फबाट उम्मेदवार बनी फक्ताङ्लुङ गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको हो । क्षेत्रफलकै हिसावले नेपालकै तेस्रो ठूलो पालिका रहेको फक्ताङ्लुङको अधिकाँस क्षेत्र दुर्गम र विकट छ । पालिकाको आफ्नै एम्बुलेन्स सेवा नभएकोले सवारीमार्फत उपचारको पहुँच सम्म पुग्नुपर्ने बिरामीको उद्धारका लागि पालिकाको गाडीलाइ‘एम्बुलेन्स’झैं सेवा दिने सवारीको रुपमा प्रयोग गर्ने अध्यक्ष लाबुङको घोषणा थियो ।
फोटो ः इखाबुकी रामप्यारी लिम्बूलाइ पालिकाको सवारीमार्फत उपचारका लागि ताप्लेजुङ अस्पतालतर्फ पठाउन सवारीमा चढाउँदै पालिका अध्यक्ष लाबुङ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts