ताप्लेजुङमा बैशाख २७ गते मध्यराति देखि जिल्ला भरनै मादक पदार्थको बिक्री बितरण तथा सेवन निशेध

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,बैशाख २५ । बैशाख २७ गते मध्यरातिबाट मतदान कार्य सम्पन्न नभइञ्जेल सम्मका लागि ताप्लेजुङ जिल्लाभर मादक पदार्थको सेवन तथा बिक्री बितरणमाथि प्रतिवन्ध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आइतवार सार्वजनिक सूचना आवहन गर्दै मादक पदार्थको सेवन तथा बिक्री बितरण गरेको पाइए कानुन अनुसार कारवाही हुने जनाएको छ । प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बैशाख २७ गते राति १२ः०० बजे देखि मतदान कार्य सम्पन्न नभइञ्जेल सम्मका लागि जिल्ला भरनै मादक पदार्थको बिक्री बितरण तथा सेवन निशेध गरिएको बताउनु भएको छ । उहाँले स्थानीय तह निर्वाचनलाइ स्वच्छव,निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ७१ मा भएको व्यवस्था बमोजिम सूचना आवहन गरिएको जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts