|

माओवादी मेरिङ्देन गाउँपालिका कमिटीको संकेत ः दावाछिरिङको उम्मेदवारी फिर्ता हुदैन,अन्य बामपन्थीसंग सहकार्य गर्छौं

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,बैशाख १४ । तीन दलीय गठबन्धनमा रहेको माओवादी केन्द्र ताप्लेजुङ मेरिङदेनस्थिगत गाउँपालिका कमिटीले आफ्ना प्रदेश कमिटी सदस्य दावाछिरिङ शेर्पाको उम्मेदवारी फिर्ता नहुने संकेत गर्दै पालिकाभित्र रहेका अन्य बामपन्थी शक्तिसंग सहकार्य गरी चुनावमा प्रतिश्पर्धामा उत्रने बताएको छ ।

गठबन्धन गर्दा पालिका अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्ष नेकपा एसलाइ भाग लागेपछि माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य शेर्पाले स्वतन्त्र रुपमा उम्मेदवारी दिनु भएको छ । माओवादी केन्द्रको मेरिङ्देन गाउँपालिका कमिटीले बुधवार बिज्ञप्ती जारी गर्दै उपाध्यक्षका उम्मेदवार शेर्पाको नेतृत्वमा मेरिङ्देन भित्र रहेका साना–ठूला बामपन्थी शक्तिहरुसंग मिलेर स्थानीय तहको निर्वाचनमा सहभागी भई प्रतिश्र्धामा जाने बताएको छ । अध्यक्ष सुजन सामेखामद्धारा हस्ताक्षरित बिज्ञप्तीमा माओवादी केन्द्रको जिल्ला समन्वय समितिले गठबन्धनका नाममा मेरिङ्देनका पार्टी कार्यकर्ताको भावनामा ठेस पुग्ने गरी काम गरेको दावी गरिएको छ । मेरिङ्देनको राजनीतिक अवस्था बिशिष्ट खालको रहेको र त्यहाँ गठबन्धनमा सामेल नहुने गरी गाउँपालिका कमिटीबाट दिइएको सुझावलाइ पार्टीको जिल्ला समन्वय समितिले वेवास्ता गरेको माओवादी केन्द्रको गाउँपालिका कमिटीले बताएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts