एमाले ताप्लेजुङको उम्मेदवार छनौट,प्रमुखमा अधिकाँस यसअघि निर्वाचित दोहोरिए

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १० । ताप्लेजुङमा नेकपा एमालेले २०७४ सालमा निर्वाचित भएका ५ प्रमुख मध्ये ४ जनालाइ फेरी सोहि पदमा उम्मेदवार बनाउने भएको छ । दुई पालिकाका निर्वाचित उपाध्यक्षले समेत सोहि पदमा दोहोरिएर उम्मेदवारी दिनुहुने भएको छ ।

एमाले ताप्लेजुङका प्रचार विभाग प्रमुख समेत रहनु भएका जिल्ला कमिटी उपसचिव दीपेन पोमूका अनुसार ताप्लेजुङका सबै स्थानीय तहमा उम्मेदवार बन्ने प्रमुख÷अध्यक्ष र उपाध्यक्षको टुङ्गो लागेको छ । जस अनुसार एमालेले फुङ्लिङ नगरप्रमुखमा छत्रपति प्याकुरेललाइ उम्मेदवार बनाउने भएको छ । प्याकुरेल फुनपाका मेयर समेत हुनुहुन्छ । यस्तै पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा,फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ र मैवाखोला गाउँपालिका अध्यक्ष राजनकुमार थत्लुङ समेत सोहि पदमा एमालेबाट उम्मेदवार बन्नु हुने भएको छ । एमालेले पाथीभरा याङ्वरक गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङ र मैवाखोला गाउँपालिका उपाध्यक्ष पुनःसोहि पदका लागि उम्मेदवार बनाउने निर्णय लिएको छ । यसअघि मिक्वाखोला गाउँपालिका अध्यक्षमा निर्वाचित रामकुमार साँवा भने यसपटक उम्मेदवार नबन्ने हुनु भएको छ ।

एमालेले आठराइ त्रिबेणी गाउँपालिका अध्यक्षमा दीपेन पोमू,मिक्वाखोला गाउँपालिका अध्यक्षमा दिवस लिवाङ,मेरिङदेन गाउँपालिका अध्यक्षमा केदारजंग श्रेङचोङ्वाङ,सिदिङ्वा गाउँपालिका अध्यक्षमा मानबहादुर राई र सिरिजङ्गा गाउँपालिका अध्यक्षमा सन्तोष चाम्लिङलाइ उम्मेदवार बनाउने भएको छ । पोमूका अनुसार एमालेले फुङ्लिङ नगरपालिकाको उपप्रमुखमा भीमादेवी ओझा र मिक्वाखोला गाउँपालिकामा मीनाकुमारी केदेम,आठराइ त्रिबेणी गाउँपालिकामा शान्ता आङ्वोहाङ,मेरिङ्देन गाउँपालिकामा टीका चोङ्वाङ केदेम,सिदिङ्वामा भूमिका गौतम,फक्ताङ्लुङमा शान्ति इङ्वासम पौडेल र सिरिजङ्गामा तुलसा बस्नेतलाइ उपाध्यक्षको उम्मेदवार बनाउने भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts