काँग्रेस ताप्लेजुङले आफ्ना भागमा परेका स्थानीय तहका प्रमुख र वडाध्यक्षका उम्मेदवार टुङ्ग्यायो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १० । नेपाली काँग्रेस ताप्लेजुङले आफ्ना भागबण्डामा परेका स्थानीय तहहरुमा उम्मेदवारको टुङ्गो लगाएको छ ।

काँग्रेसले सिरिजङ्गा गाउँपालिका अध्यक्षमा लालकृष्ण चौहान सिदिङ्वामा प्रदीपकुमार राई, पाथीभरा याङ्वरकमा राम थेबे, आठराई त्रिवेणीमा विश्वनाथ सिटौला, मेरिङ्देनमा डम्बर हाङ्गाम र मिक्वाखोला गाउँपालिकामा भक्तबहादुर कार्कीलाई अध्यक्षको उम्मेदवार बनाउने भएको छ । काँग्रेसकै भागमा परेको फुङ्लिङ नगरपालिकाको भने प्रदेश संसदीय बोर्डले उम्मेदवार छनौट गर्ने भएकोले साँझ सम्म टुङ्गो लाग्ने नेपाली काँग्रेस ताप्लेजुङका सचिव नन्दकुमार ओझाले जानकारी दिनुभयो । गठबन्धन दलहरुले काँग्रेसले फुनपा सहित ७ प्रमुख र ३ उपप्रमुख,माओवादी केन्द्रलाइ २ प्रमुख र ५ उपप्रमुख तथा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीलाइ १ उपप्रमुख पद भाग लगाएको छ । यद्यपी नेकपा एसले भने आफुहरुलाइ कम्तिमा २ वटा उपप्रमुख र रोजाइका वडाका वडाध्यक्षहरु माग गरेको छ । नेकपा एसको त्यहिँ अडानका कारण गठबन्धनका तीन मध्ये काँग्रेस र माओवादी केन्द्रले मात्र चुनावी एकताका लागि पदीय भागबण्डा बाँडफाँड सम्वन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

बाँडफाँडका क्रममा माओवादी केन्द्रको भागमा परेका फक्ताङ्लुङ गाउँपालिका अध्यक्षमा मुक्ति लावुङ र मैवाखोला गाउँपालिका अध्यक्षमा बिजयप्रकाश वनेम उम्मेदवार बन्ने निर्णय यसअघि नै माओवादीले गरिसकेको छ । सबै वडाका वडाध्यक्षका उम्मेदवार टुङ्ग्याएको एमाले पछि काँग्रेसले समेत आफ्ना भागमा परेका वडाहरुका उम्मेदवार चयन गरेको छ । जस अनुसार सिदिङ्वा वडा नं २ सिदिङ्वामा शेरबहादुर लिम्बू,वडा नं ३ आङ्खोपमा हस्ताबहादुर खनाल,वडा नं ५ लिम्बूदिनमा बिनोदकुमार राई,वडा नं ६ मेहेलेमा दलबहादुर लिम्बू र वडा नं ७ सुरुम्खिममा लक्षुमन तामाङ काँग्रेसबाट वडाध्यक्षको उम्मेदवार बन्नुहुने छ ।

यस्तै सिरिजङ्गा गाउँपालिका वडा नं २ आम्बेगुदिनमा लक्ष्मीप्रसाद थेबे,वडा नं ५ पेदाङमा बमप्रसाद गौतम,वडा नं ६ मामाङ्खेमा सुखराज लिम्बू,वडा नं ७ खेवाङमा भानुभक्त गौतम र वडा नं ८ याम्फुदिनमा टसी लामा वडाध्यक्षका उम्मेदवार बन्नु हुने छ । यस्तै मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङमा अमृत लिम्बू,वडा नं २ खोक्लिङमा राजेन्द्रकुमार थापा,वडा नं ३ लिवाङमा दीपेन्द्रकुमार लिवाङ र वडा नं ४ साँवामा सदनकुमार साँवा वडाध्यक्षको उम्मेदवार बन्नु हुने भएको छ । मेरिङ्देन गाउँपालिका वडा नं १ थिङ्लाबुमा टेकबहादुर ओख्राबु,वडा नं २ सान्थाक्रामा चन्द्र नाल्वो,वडा नं ४ लिङ्तेपमा बेदप्रसाद हाङ्गाम र वडा नं ५ थुकिमामा बिनोदकुमार लिम्बू वडाध्यक्षको उम्मेदवार बन्नु हुने छ ।

आठराइ त्रिबेणी गाउँपालिका वडा नं १ निघुरादिनमा हर्कमान तामाङ,वडा नं २ फुलवारीमा सोम बिमली र वडा नं ४ चाँगेमा धनहाङराज तामाङ उम्मेदवार बन्नुहुने छ । उता मैवाखोला गाउँपालिका वडा नं ३ साँघुमा खगेन्द्र थक्लुङ,वडा नं ४ साँघुमा फुर्वा शेर्पा र वडा नं ६ फाकुम्बामा सन्तकुमार थोप्रा वडाध्यक्षको उम्मेदवार बन्नु हुने छ । फक्तालुङ गाउँपालिका वडा नं ३ लिङखिममा आइतराम लिम्बू,वडा नं ४ इखाबुमा छत्रमणि लिम्बू,वडा नं ५ तापेथोकमा कुमार हेल्लोक,वडा नं ६ लेलेपमा पेम्बाटाँसी शेर्पा र वडा नं ७ ओलाङ्लुङगोलामा टाँसी लामा वडाध्यक्षको उम्मेदवार बन्नुहुने छ । यस्तै फुङ्लिङ नगरपालिका वडा नं ३ मा युवराज बराल,वडा नं ४ मा टीकाराम गुरुङ,वडा नं ६ मा मदन(तेज)बहादुर गुरुङ,वडा नं ७ मा जीवन पालुङ्वा,वडा नं ८ मा क्षितिज सुनुवार र वडा नं ९ हाङ्देवामा घनेन्द्र गुरुङ वडाध्यक्षको उम्मेदवार बन्ने काँग्रेसले निर्णय गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts