एसईई परीक्षाका लागि ताप्लेजुङमा १७ जना केन्द्राध्यक्ष तोकिए,बाईस सय बढी परीक्षार्थी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ६ । माध्यमिक शिक्षा परीक्षा(एसईई)का लागि ताप्लेजुङमा कायम भएका १७ वटा परीक्षा केन्द्रमा केन्द्राध्यक्ष तोकिनु भएको छ ।

जुन माध्यमिक बिद्यालयमा केन्द्र तोकिएको छ,सोहि बिद्यालयका प्रधानाध्यापक वा प्रिन्सिफल स्वत केन्द्राध्यक्ष चयन भएको शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभएको छ। यो बर्षको एसईई परीक्षा सञ्चालनका लागि २ वटा निजी तथा आवासीय बिद्यालयहरु समेत केन्द्र तोकिएका छन् । भट्टराईका अनुसार परीक्षा केन्द्र तोकिएका लिटलबुद्ध इङ्लिस बोर्डिङ स्कुल परीक्षा केन्द्रमा प्रिन्सिपल युवराज गिरी र नवज्योति आवासीय माविमा प्रिन्सिपल तेजबहादुर भट्टराई केन्द्राध्यक्ष तोकिएको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ ।

यस्तै बासुसं मावि मेदिबुङ परीक्षा केन्द्रमा रामचन्द्र उपाध्याय,भानुजन माविमा राजमणि प्याकुरेल,सिँवा माविमा ओमनाथ गौतम,युवा बर्ष मावि कैंजलेमा चन्द्रमणि पौडेल र जनता मावि हाङ्देवामा शरदराज निरौला केन्द्राध्यक्ष चयन हुनु भएको छ । यस्तै मोति मावि खोक्लिङमा केबुहाङ लिम्बू,त्रिभुवन मावि थुकिमामा खड्ग केदेम,सिनाम मावि सिनाममा महेन्द्रप्रकाश गौतम,थेचम्बु मावि थेचम्बुमा देउकुमार लिम्बू,तेल्लोक मावि तेल्लोकमा रुकमान थेबे र गणेश मावि खेवाङमा रामकुमार लिम्बू केन्द्राध्यक्ष चयन हुनु भएको छ । यस्तै भञ्ज्याङ मावि साब्लाखुमा राजेन्द्र इदिङ्गो,मैवाखोला मावि तेम्बेमा भक्तबहादुर लिम्बू,सरस्वती मावि हाङ्पाङमा चन्द्रप्रसाद तामाङ र दुर्गा मावि फुलवारीमा कुलप्रसाद भट्टराई केन्द्राध्यक्ष चयन हुनु भएको छ ।
१८ सहायक केन्द्राध्यक्ष र १ सय ११ निरीक्षक खटिने
जिल्ला विकास तथा समन्वय ईकाई ताप्लेजुङका अनुसार यो सालको इसईई परीक्षामा ताप्लेजुङमा एउटा परीक्षा केन्द्र बाहेक सबै परीक्षा केन्द्रमा १–१ जना सहायक केन्द्राध्यक्ष खटिने भएका छन् । शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख भट्टराईका अनुसार बिद्यार्थी संख्याको अनुपातमा युवा बर्ष मावि कैंजलेमा मात्र २ जना सहायक केन्द्राध्यक्ष खटिने छन् भने बाँकी १६ वटा परीक्षा केन्द्रमा १–१ जना सहायक केन्द्राध्यक्ष खटिने छन् । भट्टराईका अनुसार सबै परीक्षा केन्द्रमा गरी कूल १ सय ११ जना निरीक्षक(गार्ड) खटिने छन् । सबैभन्दा बढी निरीक्षक २ सय ३८ परीक्षार्थी रहेको युवा बर्ष मावि कैंजलेमा १२ जना र सबैभन्दा कम ७२ परीक्षार्थी रहेको नवज्योति आवासीय मावि परीक्षा केन्द्रमा ४ जना निरीक्षक खटिने छन् । जिल्लाभरमा गरी कूल २ हजार २ सय २३ जनाले एसईई परीक्षा लेख्ने शिक्षा विकास तथा समन्वय ईकाईले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts