चट्याङ लागेर ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका एक युवाको मृत्यु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,चैत २० । गएराति परेको चट्याङ लागेर ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं २ आम्बेगुदिन लासाटोल निवासी २३ बर्षिय मुकेश भट्टराईको मृत्यु भएको छ । अन्दाजी करिव पौने ९ बजेतिर स्थानीय रनबहादुर चौहानको दुधडेरी अगाडि बसिरहेको अवस्थामा पानीसंगै परेको चट्याङले भेटाएको थियो । घाइते अवस्थाका मुकेशलाइ तत्काललै उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक पु¥याएकोमा स्वास्थ्यकर्मीले उनलाइ मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कैलाशकुमार अधिकारीले जानकारी दिनुभयो । मुकेश पालिकास्तरीय भलिबल प्रतियोगितामा सिरिजङ्गाको टिमबाट खेल्ने गर्नुहुन्थ्यो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts