बुद्धिजीवि परिषद् ताप्लेजुङको अध्यक्षमा तिमल्सिना
ताप्लेजुङ,चैत १० । नेपाल बुद्धिजीवि परिषद् ताप्लेजुङको छैटौं जिल्ला अधिबेशनले हिमाल तिमल्सिनालाइ अध्यक्षमा चयन गरेको छ ।
तिमल्सिनाको नेतृत्वमा सर्वसम्मत रुपमा पदाधिकारी तथा सदस्य चयन हुनु भएको छ । परिषद्को उपाध्यक्षमा दुर्गादेवी भट्टराई,सचिवमा दिवस भण्डारी,सहसचिवमा सन्तबहादुर बिक र कोषाध्यक्षमा नगेन्द्र रिजाल चयन हुनु भएको नवनिर्वाचित अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो । परिषद्का सदस्यहरुमा हिमाल इजम,मेदनी सुबेदी,धनकुमार चोङ्वाङ,तुलसी पौडेल,बुद्धमाया लिम्बू र मनिषा भट्टराई रहनु भएको छ ।