|

नेकपा एसद्वारा छ महिनाको अवधिमै उल्लेख्य उपलब्धी

अरुलाई पनि शेयर गरौ !

चेतन ओख्राबू
ताप्लेजुङ, चैत ४ ।
नेकपा (एकीकृत समाजवादी) ताप्लेजुङले छ महिनाको अवधिमै उल्लेख्य उपलब्धी हासिल गरेको छ । एस पार्टी स्थापना भएको छ महिनाभित्रै उल्लेख्य संगगठनात्मक उपलब्धी हासिल गरेको हो ।
नेकपा एस ताप्लेजुङका अनुसार जिल्लाको नौ स्थानीय तहमध्ये हालसम्म छ वटा स्थानीयमा पालिका कमिटी निर्माण गरिसकेको छ । जिल्लाको फुङ्लिङ नगरपालिका, आठराई त्रिबेणी गाउँपालिका, मैवाखोला, मिक्वाखोला, सिरिजङघा र मेरिङ्देन गाउँपालिकामा पाटीको पालिका कमिटी गठन गरेको एसले जनाएको छ ।
यस्तै विभिन्न १५ वटा वडामा वडाकमिटी र नौ वटा जनवर्गीय कमिटी निर्माण भइसकेको एसले जनाएको छ । अब केही साताभित्रै फक्ताङ्लुङ गाउँपालिका, पाथीभरा याङ्वरक गाउँपालिका र सिदिङ्वा गाउँपालिकामा पनि कमिटी निर्माणको तयारी रहेको जनाइएको छ ।
बिहीबार एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य डा. देउमान सम्बाहाम्फे, केन्द्रीय सदस्य गणेश काम्बाङ र खेम वनेमको उपस्थितिमा जिल्ला कमिटी बैठक बस्दै हालसम्म भएको पार्टी क्रियाकलाप र उपलब्धीबारे समीक्षा गरिएको थियो । छोटो अवधिमै जिल्लामा सन्तोषजनक उपलब्धी हासिल गर्नुका साथै पार्टीसहित विभिन्न कमिटी निर्माण भएको पालिका, वडा र टोलहरुमा पार्टीको उपस्थिति निर्णायक रहेको बैठकमा समीक्षा गरिएको थियो ।
अब पार्टीका संगठनात्मक गतिविधिसँगै आगामी बैशाख ३० मा हुने निर्वाचन केन्द्रित क्रियाकलापमा सक्रिय हुने विषयमा बैठकमा व्यापक छलफल भएको जिल्ला कमिटी सचिव तथा प्रचार विभाग प्रमुख मोहन न्यौपानेले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts