|

माओवादीको फुङ्लिङ नगरकमिटी चुनावमा केन्द्रित हुँदै

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, चैत ४ ।
नेकपा (माओवादी केन्द्र) फुङ्लिङ नगरकमिटी संगठन सुदृढिकरणसँगै स्थानीय तहको निर्वाचन लक्षित क्रियाकलापमा केन्द्रित हुने भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा माओवादीलाई निर्वाचित गराउनका निम्ति पार्टीको संगठनात्मक साथै निर्वाचित लक्षित गतिविधिमा नगर कमिटी केन्द्रित हुने भएको हो ।
नगर कमिटीको बिहीबार बसेको पदाधिकारी बैठकले अबको समय निर्वाचनसँग सम्बन्धित गतिविधिमा केन्द्रित हुने निर्णय गरेको हो । स्थानीय सम्भावना र चुनौतीलाई दृष्टिगत गरी साथै पार्टीको उपल्लो कमिटीको नीति, निर्देशन र योजनालाई सक्रिय रुपमा कार्यान्वयन गर्दै निर्वाचन लक्षित क्रियाकलापमा संगठन परिचालित हुने निर्णय गरिएको नगर कमिटी अध्यक्ष गंगाराम शंखरले जानकारी दिनुभयो ।
बैठकमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग), जिल्ला संयोजक विष्णुकुमार हाङ्बाङ लगायतको उपस्थिति रहेको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts