शिक्षक संगठन ताप्लेजुङमा सर्वसम्मत रुपमा छानियो नयाँ नेतृत्व

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,चैत ४ । नेपाल राष्ट्रिय शिक्षक संगठन ताप्लेजुङको १३ औं जिल्ला अधिबेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । संगठनमा अधिकाँस पुरानै अनुहार दोहोरिनु भएको छ ।

निर्वाचन समितिका संयोजक अधिबक्ता बलराम भट्टराईका अनुसार अध्यक्षमा शरदराज निरौला,उपाध्यक्षद्धयमा रामबहादुर तामाङ र गायत्रा भट्टराई अधिकारी,सचिवमा मदन सेन्दाङ,सहसचिवमा कमला थेबे,कोषाध्यक्ष भीमप्रसाद केदेम र सहकोषाध्यक्षमा कुशलता सेन्दाङ पोमू चयन हुनु भएको छ । कार्य समिति सदस्यमा भूगोलतर्फबाट इन्द्रप्रसाद गिरी(मेरिङदेन),कमलकुमार पौडेल(मैवाखोला),क्षितिजकुमार गौतम(सिदिङ्वा) र सन्तकुमार बिक(फक्ताङ्लुङ)चयन हुनुभयो ।

यस्तै श्याम भण्डारी(सिरिजङ्गा),नरेन्द्रप्रसाद रिजाल(पाथीभरा याङ्वरक),नरेन्द्रकुमार अधिकारी(आठराई त्रिबेणी),पदमकुमार सुब्बा(मिक्वाखोला) र नवीन गुरागाँइ तथा दलबहादुर भट्टराई(फुङ्लिङ) कार्य समिति सदस्य चयन हुनुभयो । यस्तै कमला नुगो,सरीता लिम्बू र कुमानध्वोज लिम्बू समाबेशी समूहबाट कार्य समिति सदस्य बन्नु भएको छ । महेन्द्रप्रकाश गौतम,चैतन्यप्रसाद खतिवडा,ओमनाथ गौतम,अञ्जान थेबे र टंकमाया लिम्बू केन्द्रीय महाधिबेशन प्रतिनिधि चयन हुनुभयो । यसअघि बिहीबार भएको संगठनको १३ औं जिल्ला अधिबेशनको उद्घाटन संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्माले गर्नु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts