| |

मादी बस दुर्घटना : आमा–छोराको मृत्युले गाउँ शोकमा

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २६ ।
संखुवासभाको मादी नगरपालिका–६ मा बिहीबार भएको बस दुर्घटनामा ताप्लेजुङका दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी जिल्लाको मैवाखोला गाउँपालिका–३ साँघु मानेडाँडाका आमा–छोराको मृत्यु भएको हो ।
प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार साँघु मानेडाँडाका प्रवीन तामाङकी श्रीमती ३१ वर्षीया समीक्षा योञ्जन तामाङ र आठ वर्षीय छोरा सुदिप तामाङको बस दुर्घटनामा परी मृत्यु भएको हो । “दुर्घटनाबारे आफूकहाँ खबर आएपछि उक्त खबर परिवारसम्म पु¥याउनलाई प्रहरी टोली पठाएको, तर प्रहरी तामाङको घरमा पुग्दा आफैँले थाहा पाएर उहाँहरु घटनास्थल संखुवासभा गई सक्नुभएको रहेछ” प्रजिअ पोखरेलले बताउनुभयो ।
यता बस दुर्घटनामा परी नाबालक छोरासहित तामाङको मृत्यु भएपछि गाउँ भने शोकमा डुबेको छ । मैवाखोला गाउँपालिका–३ साँघुका वडाध्यक्ष थर्ककुमार चोङ्बाङ (दिवस) का अनुसार दुर्घटनाको खबरले गाउँ शोकमग्न भएको बताउनुभयो । घटनाबारे खबर आउने बित्तिकै समीक्षाकी श्रीमान प्रवीनसहित आफन्त घटनास्थल संखुवासभा मादी जानुभएकोे वडाध्यक्ष चोङ्बाङले बताउनुभयो ।
उहाँका अनुसार तामाङको माइत संखुवासभा भएको र माइत गएर फर्कने क्रममा उहाँहरु दुर्घटनामा पर्नुभएको हो । यता घरमा तामाङको अर्का एक छोरा छन् । उक्त दुघेटनामा ताप्लेजुङकासहित १४ जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts