|

आयुर्बेद स्वास्थ्य केन्द्र ताप्लेजुङले ६५ जना जेष्ठ नागरिकलाइ दियो शक्तिवद्र्धक औषधि

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,माघ २६ । जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र ताप्लेजुङले फुङलिङ नगरपालिका वडा नं ५ का ६५ जना जेष्ठ नागरिकलाइ शक्तिवद्र्धक तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि बितरण गरेको छ । जेष्ठ नागरिकका लागि स्वास्थ्य प्रवद्र्धन सेवा कार्यक्रम अन्र्तगत बुधवार यस्ता औषधि बितरण गरिएको जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र ताप्लेजुङका कविराज निरीक्षक टेकनाथ अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार जेष्ठ नागरिकलाइ अश्वगन्धा चूर्ण,आमलकी चूर्ण लगायतका औषधि बितरण गरिएको छ । यि औषधिको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउने,कमजोरी हुने,निद्रा लाग्ने जस्ता समस्यालाइ समाधान गर्ने अर्यालले बताउनुभयो । फुङ्लिङ नगरपालिका वडा नं ५ का वडाध्यक्ष भीमादेवी ओझाले जेष्ठ नागरिकलाइ सेवा दिएकोमा आयुर्बेद स्वास्थ्य केन्द्र ताप्लेजुङप्रति आभार प्रकट गर्नुभयो । सो बेला जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण समेत गरिएको थियो । कार्यक्रममा फुनपा पडा नं ५ का वडासदस्यहरुको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts