वडा सचिव नहुनुको पींडा,सामुदायिक बिद्यालयका शिक्षकलाइ वडा सचिवको रुपमा खटाउने सिरिजंगाको निर्णय

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस २८ । ८ वटा वडा रहेको गाउँपालिकाका कुनैपनि वडामा वडा सचिव नभएपछि ताप्लेजुङको सिरिजंगा गाउँ कार्यपालिकाले सम्वन्धित वडाका सामुदायिक बिद्यालयमा कार्यरत स्थायी शिक्षकलाइ वडा सचिवको रुपमा खटाउने निर्णय लिएको छ ।

गाउँ कार्यपालिकाको बैठकले लोक सेवा आयोगबाट स्थायी कर्मचारी सिफारिस भइ नआञ्जेल सम्मका लागि सम्वन्धित वडाका सामुदायिक बिद्यालयमा कार्यरत स्थायी शिक्षकलाइ वडा सचिवको रुपमा खटाउन पालिका प्रशासनलाइ निर्देश गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो । उहँका अनुसार गाउँपालिकाका बिभिन्न सेवा समूहका ७ जना कर्मचारीको एकैपटक सरुवा भएको छ । वडा सचिवको समेत जिम्मेवारी सम्हाली रहेका उनीहरुको सरुवा भएको ठाउँमा पदपूर्ति हुन नसकी सेवाग्राहीको काम कारवाहीमा समेत प्रत्यक्ष प्रभाव परेको र सेवाग्राहीले सास्ती व्यर्होनु परिरहेको अवस्था हटाउन गाउँ कार्यपालिकाको बैठकले सम्वन्धित वडाका सामुदायिक बिद्यालयमा कार्यरत स्थायी शिक्षकलाइ वडा सचिवको रुपमा खटाउने निर्णय लिएको समेत प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts