|

सचिवमा पहिलो पटक दलित समुदायका व्यक्ति

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट न्युज
काठमाडौं,असार ३० । नेपाल सरकारको सचिव पदमा पहिलो पटक दलित समुदायका व्यक्ति पुगेका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले डा.मानबहादुर बिकेलाई सचिवमा बढुवाको निर्णय गरेको हो । लोकसेवा आयोगको अध्यक्ष उमेशनाथ मैनालीको अध्यक्षतामा रहेको बढुवा समितिको बैठकले सचिव बढुवाका लागि बिकेसँगै गोकर्णमणि दुवाडी र मधु मरासिनीको नाम सिफारिस गरेको थियो । तीनमध्येबाट बीके सचिव बढुवा भएका मन्त्रिपरिषद स्रोतले बताएको छ । डा. बिके हाल युवा तथा खेलकुद मन्त्रालयमा रहनु भएको थियो । विद्यालय तहमा पढ्दा शुल्क तिर्ने रकम नहुँदा हजुरबासँगै आरनमा काम गरेको र आरनमा बनाएका भाँडा बेचेर पढाइ खर्च जुटाएको डा. बिके सम्भनुहुन्छ । खरिदारबाट सरकारी सेवामा प्रवेश गर्नु भएका डा. बिके ०६० सालमा दलित समुदायबाट पहिलो पटक प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्नु भएको थियो । बर्दिया, स्याङ्जा, चितवन, मकवानपुर, सिरहा, तनहुँलगायतका जिल्लामा सीडीओ भई काम गर्नुु भएका उहाँ श्रम विभागको महानिर्देशक, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव र गण्डकी प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा पनि रहनु भयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts