संसद बिगठनको तात्पर्य पुष्टी गर्ने गलत मनशायले एमालेले संसद अवरोध ग¥यो ः आङ्देम्बे

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २६ । नेपाली काँग्रेसका सहमहान्त्री भीष्मराज आङ्देम्बेले संसद बिगठनको तात्पर्य पुष्टी गर्ने गलत मनशायले एमालेले संसदमा अवरोध गरिरहेको बताउनु भएको छ ।

उहाँले ६ महिनाको बीचमा दुई–दुई पटक संसद बिगठन गरेर गरिएको अलोतान्त्रिक अभ्यासलाइ सत्यसिद्ध गर्ने गलत अभ्यासमा एमाले उभिएको आरोप समेत लगाउनुभयो । गृह जिल्ला ताप्लेजुङमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा आङ्देम्बेले एमालेलाइ संसद अवरोध हटाएर जनताका साझा मुद्दामा छलफल केन्द्रित गर्न आग्रह समेत गर्नु भएको छ । संसदमा देखिएको गतिरोधले जनताका आधारभूत आवश्यकताको छलफल गर्ने थलो बन्धक बनेको उहाँको भनाइ थियो । प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा स्वयं बिपक्षी दल एमाले अध्यक्षको निवासमै गएर संसदको गतिरोध हटाउन आग्रह गर्नुले सरकार संसद खुलाउने अधिकतम् प्रयासमा जुटेको देखिइरहेको उहाँले बताउनुभयो । जनताका सार्वभौम प्रतिनिधि छलफल गर्ने थलो संसदलाइ सधैंभरी बन्धक बनाउन नहुने भएकोले एमालेले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बिश्वास पनि उहाँले लिनुभयो । राजतन्त्रको पक्षमा वकालत गर्दै आएको समूहप्रति लक्षित गर्दै आङ्देम्बेले बंशवादलाइ उदिन्ने प्रयास भइरहेपनि नेपालका राजनीतिक दल र नेपाली जनताले त्यो षडयन्त्र बिफल बनाइदिने बताउनुभयो ।

काँग्रेसको राष्ट्रिय महाधिबेशनले नयाँ र पुराना पुस्ता बीचको मिश्रणको आधार दिएको उहाँले बताउनुभयो । एमाले र माओवादीको राष्ट्रिय महाधिबेशन यर्थातमा लोकतान्त्रिक हुन नसकेको टिप्पणी गर्दै उहाँले भन्नुभयो‘ति त नेताका खल्तिबाट नाम पढेर सुनाइएको एउटा लघु पुराण जस्तै हो’ । केन्द्रीय महाधिबेशनले काँग्रेसमा शुद्धिकरण अभियान थालनी भएको बताउनु भएका उहाँले अब त्यो अभियान वडा तह सम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो । नेता डाक्टर शेखर कोइराला पक्षले पार्टी सभापति देउवाले केन्द्रीय समितिमा गरेको मनोनयन मनोमानी भएको भनीरहेका बेला आङ्देम्बेले भने देउवाको निर्णयको बचाउ गर्नु भएको छ । ‘सभापति ज्युको निर्णय स्वभाविक र तर्क संगत रहेको छ’आङ्देम्बेले भन्नुभयो‘नपर्नुपर्ने साथीहरु पर्नु भएको छैन,पर्नुपर्ने केहि साथीहरु छुट्नु भएको छ’ । उहाँले छुटेका नेताहरुको व्यवस्थापनमा पार्टीले उचित ध्यान दिने समेत बिश्वास लिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts