९ वटा क्षेत्रमा बिशेषज्ञ सेवा सहित सिरिजंगाद्धारा पुस २१ र २२ गते बृहत्त स्वास्थ्य शिविरको आयोजना

अरुलाई पनि शेयर गरौ !

ईउज्यालो पोष्ट
ताप्लेजुङ,पुस १६ । ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले पुुस २१ र २२ गते पालिकाको केन्द्र तेल्लोकमा बिशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

नोबेल मेडिकल कलेज बिराटनगरको सहयोगमा बृहत्त रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा मुटु रोग बिशेषज्ञ समेतको सहभागितामा जेनेरल मेडिसिन बिशेषज्ञ सेवा,स्त्री तथा प्रसुति रोग,हाडजोर्नी तथा नसा रोग,नाँक,कान तथा घाँटी रोग,यौन तथा छाला रोग,आँखा रोग,रेडियोलोजी सेवा,दन्त रोग तथा बाल रोग बिशेषज्ञ सेवा प्रदान गरिने भएको छ ।

पालिका क्षेत्र भित्रका सबै टोल विकास संस्थाहरुलाइ आ–आफ्नो क्षेत्रका सम्वन्धित रोगीहरुलाइ उक्त शिविरमा गइ स्वास्थ्य लाभ आर्जन गर्ने वातावरणका लागि पनि गाउँपालिकाले अनुरोध गरेको छ । सिरिजंगाका ८ वटा वडामा प्रति वडा ९ वटाका दरले ७२ वटा टोल विकास संस्था रहेका छन् । साविकका ८ वटा गाउँ विकास समिति मिसाएर बनाइएको सिरिजंगा गाउँपालिकामा साविकका प्रत्येक गाविसका साविकका वडा क्षेत्रलाइ टोल विकास संस्थाको कार्यक्षेत्र बनाएर टोल विकास संस्था गठन गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts