तनहुँको रिसिङमा पहिरोले घर पुर्दा एकै परिवारका ५ बेपत्ता

अरुलाई पनि शेयर गरौ !

तनहुँ,असार २९ । तनहुँको रिसिङ गाउँपालिका वडा नम्बर ८ भैंसिकिलेमा आइतबार राति गएको पहिरोमा परी एकै परिवारका ५ जना बेपत्ता भएका छन् । पहिरोले स्थानीय अनबहादुर थापाको घर पुर्दा उनका दुई छोरा, दुई बुहारी र एक नातिनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी सहायक निरीक्षक चन थापाले जानकारी दिनुभयो । अहिले रिसिङ प्रहरी चौकीबाट उद्धारका लागि टोली खटिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts