| |

सरकारले अब दिवा खाजाका लागि बजारबाट तयारी प्याकेटको खाजा खरिद गर्न नदिने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २३ । सरकारले सामुदायिक बिद्यालयहरुमार्फत बितरण हुने दिवा खाजामा बजारबाट तयारी प्याकेटको खाजा खरिद गर्न खुवाउन नदिने भएको छ । नेपाल सरकार शिक्षा मन्त्रालय अन्र्तगत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिहीबार देशभरका स्थानीय तहहरुलाइ परिपत्र गर्दै बजारबाट तयारी प्याकेटको खाजा खरिद गर्न खुवाउनु सरकारको नीति बिपरित रहेको भन्दै यस्तो नगर्न÷नगराउन भनेको हो । बजारबाट तयारी प्याकेटको खाजा खरिद गरी खुवाउँदा बालबालिकाको स्वास्थ्य सम्बेदनशिलतामा असर पर्ने सरकारको निश्कर्ष छ । स्थानीय स्तरमा उत्पादन भएका खाद्य बस्तुको प्रयोग गरी बिद्यायलले साप्ताहिक रुपमा खाजा मेनु तयार गर्नुपर्ने व्यवस्था दिवा खाजा व्यवस्थापन मापददण्डमा उल्लेख गरिएको छ ।

स्थानीय कृषकको आय स्तरमा सुधार गर्ने समेत लक्ष्य राखी दिवाखाजा कार्यक्रम अघि सारिएकोमा बजारबाट तयारी प्याकेटको खाजा खरिद गरी खुवाउने प्रवृतिले स्थानीय कृषकहरुमा निरुत्साह पैदा हुने निश्कर्ष सरकारले निकालेको छ । सरकारले आर्थिक बर्ष २०७७।०७८ देखि देशभरका सबै सामुदायिक बिद्यालयका प्रारम्भिक वाल विकास देखि कक्षा ५ सम्मका बालबालिकाहरुका लागि दिवा खाजाका लागि रकमको व्यवस्था गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts