| |

पालिकास्तरमा जनतासँग माओवादी अभियान सुरु

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत ३ । नेकपा (माओवादी केन्द्र) ताप्लेजुङले पालिकास्तरमा जनतासँग माओवादी जागरण अभियान सुरु गरेको छ । गाउँ स्तरदेखि नै माओवादीलाई मजबुत बनाउने उद्देश्यसहित सो पार्टीले पालिकास्तरमा अभियान सुरु गरेको हो ।
जनतासँग माओवादी जागरण अभियान सिरिजंघा गाउँपालिकादेखि सुरु गरेको छ । माओवादी केन्द्र सिरिजंघा गाउँपालिका कमिटी सहसचिव हेमन्त पौडेलले शनिबारदेखि अभियान सुरु गरेको जानकारी दिनुभयो । अभियानअन्तर्गत माओवादी पार्टी, जनवर्गीय तथा भातृ सङ्गठनहरुको वडा तथा टोलटोलमा बैठक, भेलाजस्ता कार्यक्रम हुने पौडेलले बताउनुभयो ।
यस्तै सहिद परिवार सम्मान र भेटघाट लगायतका अन्य गतिविधि पनि हुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानको सुरुवात शनिबार सिरिजंघा गाउँपालिका–१ सिनामबाट भएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग)ले अभियानको शुभारम्भ गर्नुभएको छ ।
सिनामस्थित वडाकमिटीका पदाधिकारीसहितका कार्यकर्ता भेटघाट, सहिद परिवार सम्मान लगायतका कार्यक्रम गरी अभियानको सुरुवात गरिएको माओवादीले जनाएको छ । कार्यक्रममा माओवादी पालिका कमिटी इन्चार्ज मदन दाहाल, अध्यक्ष ज्ञानु ताम्लिङसहितका नेतृत्वको सहभागिता रहेको थियो । सिरिजंघा गाउँपालिका स्तरीय अभियान प्रत्येक वडामा अभियान सञ्चालन गर्दै आउँदो शनिबार सम्पन्न हुने बताइएको छ ।

Similar Posts