| |

माओवादी केन्द्र सिदिङ्वाको दोस्रो सम्मेलन शुरु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, मङ्सिर १० ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सिदिङ्वा गाउँपालिकाको दोस्रो सम्मेलन शुरु भएको छ । गाउँपालिका केन्द्र साब्लाखुमा माओवादी केन्द्र सिदिङ्वा गाउँपालिकाको पालिका सम्मेलन शुक्रबार शुरु भएको हो ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो (मौसम) ले पालिका सम्मेलन (अधिवेशन) को उद्घाटन गर्नुभएको छ । सम्मेलन उद्घाटन कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोसहित माओवादी केन्द्र प्रदेश १ कमिटीका सदस्य एवम् ताप्लेजुङ जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग), प्रदेश कमिटी सदस्य तथा ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर १(क) का इन्चार्ज मिङमाडण्डु शेर्पा लगायतको उपस्थिति रहेको थियो ।
पालिका सम्मेलनले नयाँ कार्यसमिति चयन गर्ने माओवादी केन्द्र सिदिङ्वा गाउँपालिकाले जनाएको छ । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादी केन्द्रले देशभर वडा सम्मेलन सम्पन्न गरेको छ भने पालिकास्तरीय सम्मेलन शनिबार सम्पन्न गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts