| |

सिरिजंगाद्धारा महिनामा दुईपटक पालिकाभरीका किसानको निःशुल्क माटो परीक्षणको प्रवन्ध

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ७ । स्थानीय भूगोल र हावापानी सुहाउँदो खेति प्रणाली अवलम्बन गर्न ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले अब प्रत्येक महिनाको दुईदिन माटो परीक्षण गर्ने भएको छ । माटो परीक्षण गर्न इच्छुक पालिका भित्रका सम्पूर्ण कृषकहरुले प्रत्येक महिनाको पहिलो र चौथो शनिवार यो मौका पाउने भएका छन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार माटो परीक्षण निःशुल्क रुपमा गरिने छ । त्यसका लागि गाउँपालिकाले सिरिजंगा वडा नं १ सिनाम स्थित सिनाम माध्यमिक बिद्यालयलाइ चालू आर्थिक बर्षका लागि ३ लाख ५० हजार रुपैंया अनुदान उपलब्ध गराएको छ । सो माविमा माटो परीक्षण प्रयोगशाला रहेको छ । प्राविधिक पढाइ समेत हुने त्यहाँ प्राविधिक जनशक्ति रहेका छन् । त्यहिँ प्राविधिक जनशक्तिले पालिका भित्रका किसानले ल्याएको माटोको परीक्षण गर्नेछन् । परीक्षण शुल्क लगायतका अन्य प्राविधिक उपकरण व्यवस्थापनका लागि पालिकाले सिनाम माविलाइ दिएको ३ लाख ५० हजार रकमबाटै कृषकले निःशुल्क रुपमा माटो परीक्षणको मौका पाउने भएका छन् ।

२०७८ साल असार ३ गते सम्पन्न सिरिजंगा गाउँपालिकाले नियमित गाउँसभा अधिबेशन(नवौं)ले चालू आर्थिक बर्षबाट पालिका भरीका सम्पूर्ण किसानको माटो परीक्षणको व्यवस्था मिलाउने नीति तथा कार्यक्रम पारित गरेको थियो । माटो परीक्षण बिना गरिने खेती प्रणालीले उत्पादन र उत्पादकत्वमा नकारात्मक प्रभाव पार्ने ठानिन्छ । त्यहिँ भएर पालिकाले स्थानीय भूगोल र हावापानी सुहाउँदो खेति प्रणालीका लागि पालिकाभरीका किसानको निःशुल्क माटो परीक्षण गर्ने निश्कर्ष लिएको हो । निःशुल्क रुपमा सुरु भएको यो माटो परीक्षण कार्यमा सहभागी हुन पालिकाले पालिकाभरीका किसानलाइ आग्रह समेत गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts